May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

क्षेत्र नम्बर–२ को उपनिर्वाचन केन्द्रित ’स्वाभिमान यात्रा’ सुरू

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १0:३५
क्षेत्र नम्बर–२ को उपनिर्वाचन केन्द्रित ’स्वाभिमान यात्रा’ सुरू

बारा । जनमत पार्टीको बारा निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचन केन्द्रित ’स्वाभिमान यात्रा’ सुरू भएको छ।

पार्टीका अध्यक्ष डा. सिके राउतको नेतृत्वमा आइतबारबाट उक्त यात्रा सुरू भएको हो।

स्थानीय उम्मेदवारलाई जिताएर स्थानीय जनताको स्वाभिमान रक्षा गर्न स्वाभिमान यात्रा सुरू गरिएको पार्टीका नेता बिपी साहले बताए।

उनका अनुसार कोल्हवी गाउँपालिकाबाट सुरू भएको यात्रा करैयामाई, सुवर्ण, देवताल नगरपालिका लगायत निर्वाचन क्षेत्र नम्बर २ का सबै ठाउँमा पुग्नेछ।

आइतबार कोल्हवीमा यात्राको क्रममा राउत घरघर पुगेका थिए। उनले ठाउँठाउँमा आफ्ना पार्टीका उम्मेदवार जिताउनुपर्ने कारण बताएका थिए।

नेता साहका अनुसार स्थानीय जनताको मान सम्मान र स्वाभिमान रक्षाका लागि यो अभियान सुरू गरिएको हो।

‘यसअघि पटकपटक बाहिरका उम्मेदवारहरूले चुनाव जितेर जाँदा यस क्षेत्रमा विकास भएन। बाहिरका उम्मेदवारहरूले आफ्नो स्वार्थ मात्र पूरा गर्दा शिक्षा, स्वास्थ्य, पूर्वाधारमा समस्या भएको छ,’ नेता साहले भने, ‘जनमत पार्टीले यस क्षेत्रको विकास र किसानको समस्या बुझ्ने नेता तथा शिवचन्द्र प्रसाद कुशवाहालाई उम्मदवार बनाएको छ। स्थानीय उम्मेदवार पाउँदा स्थानीय बासिन्दा खुसी छन्। त्यसकारण सहजै जनमतका उम्मेदवार विजयी हुनेछन्।’

राउतले निर्वाचनको मिति घोषणा हुनासाथ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बाहिरिया उम्मेदवार भन्दै प्रहार गरिरहेका छन्।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १0:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट