sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बुटवलमा ‘नेपाली जुत्ता घर’

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:५६
बुटवलमा ‘नेपाली जुत्ता घर’

बुटवल ।  बुटवलमा नेपालमा विभिन्न प्रतिष्ठित फुटवेयर कम्पनीका उत्पादन एउटै छानामुनि बिक्री गर्ने तयारी भएको छ ।
बुटवलको डेल्टा मार्टमा यही वैशाख १ गतेदेखि साझा बिक्री कक्षका रूपमा ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आउने भएको हो ।

आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली उत्पादनको प्रवर्द्धन गर्दै बाहिरी बजारसमेत विस्तार गर्ने उद्देश्यका
साथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल फुटवेयर सङ्घका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।
जुत्ता घरमा स्कुल सुज, क्याजुयल सुज, स्पोर्टस सुज, पार्टी वेयर उपलब्ध हुनुका साथै उद्योगहरूको आफ्नै आउट लेट
५ हजार बढी मोडलका उत्पादनहरू उपलब्ध हुने जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकले जानकारी दिए ।

सोही अवसरमा १ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरूको समेत नयाँ वर्षको अवसरमा लञ्च गरिनुका साथै शुभारम्भको
अवधिभर डिलर मूल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने  छ । जुत्ता घरभित्र हाल पवित्र सुज ईण्डष्ट्रिज प्रालिको
शुल्यान्ड, रन सु ईण्डष्ट्रिज प्रालिको रन सुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रालिको बि एन्ड डियर हिल, लालिगुराँस  फुटवेयरको
क्रस रोड, शुभकामनाको फर्स्ट वाल्क, बल्याक हर्स सुजको बल्याक हर्स, स्मार्ट सुजको स्मार्ट, रोयल सुजको रोयल तथा
एकता सुजको टुरिस्ट ब्रान्डका उत्पादन उपलब्ध रहेका छन् ।

नेपालका उत्पादन बारे जानकारी गराउनुका साथै उपभोक्तालाई नक्कली उत्पादनदेखि ठगिनबाट जोगाउनका लागि पनि
जुत्ता घरको अवधारणा ल्याइएको सञ्चालक उत्तम देवकोटाले बताए । नेपाल फुटवेयर सङ्घका उपाध्यक्ष सुरज भण्डारीले
यस क्षेत्रमा ४० अर्ब बढी लगानी हुनुका साथै हजारौँले प्रत्यक्ष रोजगार प्राप्त गरिरहेको बताए ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid