April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

घुँडामुनि सुन्निएर मनमोहन अस्पताल भर्ना भएकी महिलाको मृत्युपछि अस्पतालमा ढुंगामुडा, अवस्था तनावग्रस्त

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १५:३१
घुँडामुनि सुन्निएर मनमोहन अस्पताल भर्ना भएकी महिलाको मृत्युपछि अस्पतालमा ढुंगामुडा, अवस्था तनावग्रस्त

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल परिसरमा तनावग्रस्त बनेको छ । उपचाररत एक महिला बिरामीको मृत्यु भएपछि बिरामी पक्षका आफन्तहरूले मंगलबार बिहान अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । उनीहरूले उपचारका संलग्न चिकित्सकमाथि कारबाहीको माग गरिरहेका छन् ।

आक्रोशित बनेका मृतकका आफन्तजनहरूले झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा ढुंगामुडा गरेका छन् । अस्पतालमा उपचाररत एक महिला बिरामीको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तहरूले सोमबार साँझदेखि अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

सोही क्रममा उनीहरूले बाहिरबाट ढुंगामुडा गर्दा अस्पतालको सिसाहरू फुटेको छ । अस्पताल हुने सम्भावित तोडफोडको घटनालाई लक्षित गरी ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिए पनि उनीहरूले अन्ततः ढुंगामुडा प्रहार गरे । प्रहरीले भने प्रदर्शनकारीमाथि बल प्रयोग नगरेको बताइएको छ ।

अहिले पनि अस्पताल परिसर तनावग्रस्त छ । सडकबाहिर प्रदर्शनकारीको भीड छ, भने प्रहरीले अस्पतालको मुख्य गेट अगाडि सुरक्षा दिइरहेको बताइएको छ । अस्पतालको लापरबाहीले बिर्तामोड नगरपालिका ९ निवासी अन्दाजी ३४ वर्षीया नर्वदा बाँस्कोटाको मृत्यु भएको परिवारजनको आरोप लगाएका छन्। घुँडामुनि सुन्निएर नर्वदालाई सोमबार बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बेलुका साढे ५ बजे मृत्यु भएको थियो । बिरामीको मृत्युको कारण अस्पताल प्रशासनले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए । मनमोहनले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँदा अन्यत्र लैजान नसकेको उनको आरोप छ । अहिले अस्पतालको घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनिमा दुवै पक्षबीच छलफल चलिरहेको छ । मृतकका श्रीमान्, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी रहेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।