April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

भाइरल अडियोको बारेमा सरकारले शीघ्र छानबिन गरोस्: दिलकुमारी रावल

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १४:१६
भाइरल अडियोको बारेमा सरकारले शीघ्र छानबिन गरोस्: दिलकुमारी रावल

काठमाडौँ । राष्ट्रियसभाका नेकपा एमालेकी सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका थिए।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले घुस लिने काममा निलम्बित सांसद श्रेष्ठ मुछिएका हुन्/होइन? सत्यतथ्य छानवीन गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

आइतबार सांसद श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड चाहिएको भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो विभिन्न सञ्चार माध्याममा सार्वजनिक भएपछि त्यो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निलम्बिन गरी २४ घण्टै स्पष्टीकरण सोधेको छ।

सांसद रावलले त्यस्ता घटना सत्य हुन वा होइनन्? तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताइन्।

उनले भने, ‘हामीले देखिरहेका छौँ, अहिले २ करोडको अडियो एकदमै भाइरल भइरहेको छ। यसमा सरकारको के छ? यो के हो? यसको तथ्यसत्य के हो? हामीले भनिरहेका छौँ- घुस लिने र दिने राज्यको शत्रु हुन्। सरकारले यसको तथ्यसत्य छानबिन गरेर कारबाहीका दायरामा ल्याउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद रावलले सरकारलाई संविधान र कानुनअनुसार अघि बढ्न पनि सचेत गराइन्।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।