May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

जेरी र शंकर डिभोर्सपछि पहिलोपटक सँगै काममा

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १४:५६
जेरी र शंकर डिभोर्सपछि पहिलोपटक सँगै काममा

काठमाडौं । सम्बन्ध विच्छेदको पाँच महिनापछि नै बबिता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सांगीतिक सहकार्य भएको छ । छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियोमा दुवैले मोडलिङ समेत गरेका छन् ।

कालोपुलको एक ब्यांकेटमा लाइभदोहोरी शैलीको गीतको छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखेकी हुन् भने गायनमा शंकर र उनको सहकार्य छ । कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा यी दुईको सम्बन्ध विच्छेद भएको थियो ।

 

‘डिभोर्सपछि मुख नहेर्ने, देखी नसहने र नराम्रो बोल्ने परिपाटीको अपवादको रुपमा हामी आएका छौं,’ छायांकन सेटमा भेटिएका शंकरले भने, ‘लामो समयपछि काम गरेका थियौं । कामको हिसाबले रमाइलो भयो । गल्तीबाट सबैले सिक्नुपर्छ ।’

 

व्यक्तिगत जीवन जे जस्तो भएपनि सांगीतिक सहकार्य हुने शंकरले बताए । ‘उहाँले अफर गर्नुभयो हामी काममा आयौं,’ उनले भने । पुनः मिल्न सक्ने सम्भावनाबारेका प्रश्न शंकरलार्ई सोधिएको थियो । उनले डिप्लोम्याटिक जवाफ दिंदै सांगीतिक सहकार्य चाहिं हुन सक्ने बताए । बच्चाको कारण बेलाबेलामा भेट भइरहने चाहिं उनले खुलाए । डिभोर्सपछि शंकर र जेरी निकै चर्चामा आएका थिए ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १४:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।