April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे

ढाका कुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक- ‘दाइले भेट्न खोज्नुभएको छ !’

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १0:५४
ढाका कुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक- ‘दाइले भेट्न खोज्नुभएको छ !’

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको छ ।

दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका छन् ।

आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले प्रसाईंलाई फोनमा भन्छन्, ‘पार्टीले अब कारबाही गर्ने भयो । दाइ साधारण सदस्य पनि नरहने, सांसद पनि जाने भयो । ….दाइलाई फसाए । हजुरले यसो बुझ्दिनु पर्‍यो यो कुरालाई ।’

त्यसपछि प्रसाईंले यसमा ढाका कुमारको नभइ रवि लामिछानेको दोष रहेको भन्दै ढाका कुमारलाई सहयोग गर्न तयार भएको बताउँछन् ।

त्यसपछि ढाका कुमारको भाइ बताउने व्यक्तिले भन्छन्, ‘एकचोटि दाइले भेट्न खोज्नुभाथ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?’

प्रसाईं भन्छन्- म आज वीरगञ्जको कार्यक्रममा छु । भरे बेलुका भेट्न भन्दिनुहोला नि त ल ।’

आफूलाई ढाका कुमारको भाइ भनेर चिनाएका ती व्यक्तिले ‘दाइले एकचोटि कुरा गर् न त’ भनेर भनेकाले आफूले फोन गरेको प्रसाईंलाई बताउँछन् ।

कपुरबोट डटकमको युट्युब च्यानलबाट सार्वजनिक भएको यो सम्वादमा आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई गरेको फोनको नम्बर नै देखाइएको छ ।

साथै अर्को एक क्लिपमा दुर्गा प्रसाईंका सहयोगी यदु गौतमसँगको फोन सम्वाद पनि छ । गौतमलाई फोन गर्ने व्यक्तिले दुर्गा प्रसाईंले अडियो प्रकरणबारे सकारात्मक कुरा बोलिदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् । त्यसका लागि यदु गौतमबाट मध्यस्थताको अपेक्षा पनि गरेका छन् । मध्यस्थताको अपेक्षा गर्दै गौतमलाई फोन गर्ने व्यक्ति ढाका कुमार श्रेष्ठ भएको दाबी कपुरबोटले गरेको छ ।

यसअघिको अडियोमा ढाका कुमार श्रेष्ठ भनिएका व्यक्तिले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै दुर्गा प्रसाईंसँग रकम मागेको कुराकानी छ । उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले ढाका कुमारलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ ।

ढाका कुमारले भने त्यो अभिव्यक्ति आफ्नो नभएको भन्दै अडियो सम्पादन गरिएको र आफूलाई फसाउन खोजिएको जिकीर गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट