sweet bonanza
February 6, 2026 | शुक्रबार, माघ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दश पालिकाका ३७ वडा पहिरोको उच्च जोखिम क्षेत्र

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:0६
दश पालिकाका ३७ वडा पहिरोको उच्च जोखिम क्षेत्र

दश पालिकाका ३७ वडा पहिरोको उच्च जोखिम क्षेत्र

बागलुङ । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको हो ।

पहिरोकै कारण हरेक वर्ष नागरिकले ज्यान गुमाउनु परेको छ । जिल्लाका दश स्थानीय तहबाट सङ्कलित गरिएको तथ्याङ्क तथा जिल्ला प्रशासन कार्यालयमा प्राकृतिक प्रकोपको लागि वितरण गरिएको राहतको विवरणअनुसार पहिरोको प्रकोपबाट अधिकांश स्थानीय तहका वडाहरू प्रभावित भएको पाइन्छ ।

जिल्लाका कुल ८५ वटा वडा मध्ये पहिरोको प्रकोपमा ३७ वटा वडा उच्च जोखिम, ३१ वडाहरू मध्यम जोखिम र १७ वडा निम्न जोखिमको सुचीमा रहेका मनसुन आपत्कालीन कार्य योजना–२०७९ मा उल्लेख गरिएको छ ।

जोखिममा सामुदायिक विद्यालयसमेत समावेश छन् । यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिरोले प्रभाव पार्नसक्ने जिल्ला बिपद व्यवस्थापन समितिको अनुमान छ । सबै स्थानीय तहमा व्यवस्थापन पूर्वको तयारी काम भइरहेको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

मनसुन सक्रिय हुनु पहिले नै विपद् पूर्व, विपत् भएको समय र विपद् पश्चात् गर्नुपर्ने कामको बारेमा सरोकारवाला निकायसँग आवश्यक समन्वय र साङ्गठनिक जिम्मेवारी बाँडफाँड गरेको प्रजिअ श्रेष्ठले बताउनुभयो ।

कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौंदीखोला, उत्तरगंगालगायतका खोला तथा नदी किनारका बस्तीहरू बाढीको जोखिममा छन् ।

पहिरोप्रकोपको कारणले जिल्ला भर करिब ३० हजार जनसङ्ख्या प्रभावित हुने सम्भावना रहेको छ । पहिरोको प्रकोपबाट घरगोठमा क्षति पुग्न सक्ने, बालबालिका, वृद्घावृद्घाहरु, गर्भवती महिलाहरू, सुत्केरी महिला, अपागं व्यक्ति, दलित र अति गरिब बढी प्रभावित हुने विपत् प्रतिकार्य योजनामा उल्लेख छ ।

‘यहाँका सबै खोला किनारका तटीय क्षेत्रहरू जोखिममा छन् । कार्ययोजनाले उद्धार राहत तथा पुरस्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ ।

‘जिल्लाका अधिकांश बस्ती सडक, भल र बाढीका कारण जोखिममा रहेको स्थानीय तहहरूले पूर्वानुमान गरेका छन् । स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्याङ्क र यो वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार भएको हो ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid