May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

ढाका कुमारको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्ने

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:२१
ढाका कुमारको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्ने

काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ ।

पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ ।

ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धरामा बस्ने सोही बैठकबाट निर्णय हुनेछ ।

रास्वपाका सांसाद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएको थियो । त्यसबारे छानबिन गर्ने जिम्मा रास्वपाले अनुशासन आयोगलाई जिम्मा दिएको थियो ।

आयोगले मंगलबार छानबिन प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनका आधारमा केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।