May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

मोटरसाइकल चोरी गर्ने संगठित गिरोह परिचालित, मदिरा र लागुऔषध सीमा वारपारमा प्रयोग

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १२:३८
मोटरसाइकल चोरी गर्ने संगठित गिरोह परिचालित, मदिरा र लागुऔषध सीमा वारपारमा प्रयोग

विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गर्ने संगठित गिरोह परिचालित भएको पाइएको छ ।
प्रहरीले चैत लागेपछि मात्रै संगठित गिरोहमा संलग्न रहेका दुईजना भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट एकथान स्कुटर र चारथान मोटरसाइकल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरी नियन्त्रण विशेष अप्रेशन अन्तर्गत मोरङ र सप्तरी जिल्लाका विभिन्न स्थानबाट गिरोहमा संलग्नहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जनकुमार दाहालका अनुसार संलग्नहरुबाट मास्टर कि पाँचथान र नक्कली नम्बर प्लेट समेत बरामद भएको छ ।
चोरी गर्नका लागि मास्टर कि प्रयोग गरेर मोटरसाइकल खोल्ने र नक्कली नम्बर प्लेटर लागेर आफ्नो गन्तव्यसम्म पु¥याउने गरेको देखिएको छ ।

प्रहरीको अनुसन्धानमा विराटनगरमा चोरी भएका मोटरसाइकल नेपाल–भारत अवैध मदिरा, लागुऔषध ओसारपसार हुने देखिएको छ ।
पहाड र तराईका ग्रामिण क्षेत्रमा नम्बरप्लेट परिवर्तन गरेर बिक्री गर्ने, इन्जिन झिकेर पानी तान्ने मोटरको रुपमा बिक्री गर्ने देखिएको छ ।
प्रहरीले फागुन १० गते विराटनगर–७ मालपोत कार्यालय अगाडीबाट चोरी भएको को २५ प १९९५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा सुनसरी देवानगञ्ज–३ का
राजकुमार यादव, भारत अररिया लक्ष्मीपुर १० का सुशिल कुमार यादव र पोसदाह पञ्चायत भारत बस्ने सौरभकुमार यादवलाई चैत २१ गते पक्राउ गरेको थियो । उनीहरुको साथबाट
नम्बर नखुलेको थप दुईवटा मोटरसाइकल समेत बरामद भएको थियो ।

यसैगरी चैत २४ गते विराटनगर १६ बाट प्रदेश नं. २–०२–००३ प ५२५९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा सुनसरी भोक्राहा नर्सिङ–६ का सुमनकुमार यादवलाई पक्राउ गरेको थियो ।
यसैगरी विराटनगर–१२ सेन्ट्रल महलको पार्किङस्थलबाट गत माघ २१ गते को २७ प ६९४९ नम्बरको स्कुटर चोरी आरोपमा विराटनगर–१२ का दिनेस साह र संजय साहलाई चैत २४ गते पक्राउ गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।