May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

मोदीलाई सांसदको प्रश्‍न : नायब सुब्बा किन आन्दोलनमा छन् ?

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १५:३५
मोदीलाई सांसदको प्रश्‍न : नायब सुब्बा किन आन्दोलनमा छन् ?

 काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा निजामती ऐन नआउँदै नायब सुब्बाहरु किन आन्दोलनमा उत्रिएका भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई प्रश्‍न सोधेका छन् ।

बुधबार प्रतिनिधिसभामा मन्त्रीलाई प्रश्न गर्दै खतिवडाले वृत्ति विकासको लागि नायव सुब्बाहरु मन्त्रीको वरिपरि घुमेर अनसन बस्ने अवस्था किन सिर्जना भएको भनी प्रश्न गरेका हुन् ।
उनले भने, ‘बाहिर चर्चा चलेको छ संघबाट सबै कार्यकारी हस्तक्षेप गर्छन् । मन्त्रीले पार्टी र जातिको आधारमा क्षमता र दक्षताको नभएकाहरुलाई पठाउने गरिन्छ, यसको अन्त्य कहिले हुन्छ ?’

सांसद राजेन्द्र पाण्डेले प्रदेशलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको अधिकार दिए समस्या नहुने बताए । सांसद मनिष झाले कर्मचारीतन्त्रमा संघीयता अझै नआएको बताए ।
एमालेका महेश बर्तौलाले नायब सुब्बाको आन्दोलन के हो भन्दै संसदलाई जानकारी गराउन माग गरे ।

कांग्रेस सांसद बद्री पाण्डेले संघीय निजामती ऐन किन ढिला भइरहेको भन्दै प्रश्न गरे ।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्मचारीहरु पार्टी को की जनताको भन्दै प्रश्न गरेका थिए । उनले कर्मचारी युनियन खारेजीको माग गरे ।

 

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट