sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुनसरीका किसान मकै खेतीतर्फ आकर्षित

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १0:0३
सुनसरीका किसान मकै खेतीतर्फ आकर्षित

सुनसरी ।  गहुँको तुलनामा मकैको उत्पादन राम्रो हुन थालेपछि सुनसरीका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

धान, गहुँ र मकैसहित कृषिका लागि उर्वर मानिने सुनसरीमा मकैतर्फ किसानको आकर्षण बढ्दै गएको हो ।

सिँचाई अभाव र धानको उत्पादनमा कमी हुँदै गएपछि किसानहरू गहुँ तथा धान खेतीभन्दा मकै खेती गर्नतर्फ आकर्षित भएको गढी गाउँपालिकाका किसान प्रताप साहले बताउनुभयो ।

उन्नत जातको मकैको बिउ बिजनको अभाव र मलको समस्या रहेको भएपनि मकै खेतीबाट नै राम्रो आम्दानी हुने गरेको किसान साह बताउनुहुन्छ । करिब प्रति कट्ठा १० देखि १२ मनसम्म मकै उत्पादन हुने अनुमान उहाँको छ ।

सुनसरीको गढीका किसान साहलाई पहिला गहुँ खेतीमा एक हजार लगानी गर्दा १२ सय रुपियाँ समेत उठान गाह्रो थियो । अर्को विकल्प नभएकाले खेतलाई बाँझो राख्नुभन्दा गहुँ खेती नै गर्नुको विकल्प थिएन ।  पछि केही ठाउँमा मकै लगाउन थालेको देखेर साहले समेत आफ्नो खेतमा मकै खेती लगाउन सुरु गर्नुभयो । पहिला अनुभव नभएकाले मकैको लगानी गहुँको भन्दा दोब्बर हुने तर आम्दानी हुने कुनै टुङ्गो नभएकोमा डराई डराई लगानी गर्नुभएका उहाँले मकै खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएकाले खुसी समेत हुनुहन्छ ।  उहाँले पाँच कट्ठाबाट सुरु गर्नुभएको मकै खेती अहिले ६  बिगाहामा  लगाउनुभएको छ ।

साह भन्नुहुन्छ “गहुँमा एक कट्ठाका लागि एक हजार रुपियाँ लगानी गर्दा एक हजार दुई सय रुपियाँको समेत गहुँ उत्पादन नभएको अवस्था थियो भने अहिले मकैमा प्रति कट्ठा दुई हजार रुपियाँको मल, खाद, सिँचाई र बिउ लगाउँदा १० हजार रुपियाँसम्म आम्दानी हुन्छ” ।  मकै खेतबाट प्रति विघा एक लाख २० हजार रुपियाँ एक सिजनमा आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

साह जस्तै इटहरी उपमहानगरपालिका खनाका अर्का किसान रञ्जित सरदारले पनि दुई वर्षदेखि गहुँ खेती छोडेर मकै बाली लगाउन थाल्नुभएको छ । उहाँले पनि गहुँभन्दा मकैमा राम्रो आम्दानी हुने भएकाले मकै खेती गर्न सुरु गर्नुभएको हो । सरदारले दुई बिगाहामा आफ्नै लगानीमा मकै खेती गर्दै आउनुभएको छ ।

त्यसैगरी, सुनसरी इनरुवा आसपास क्षेत्रका धेरै किसानहरू पछिल्लो समय गहुँको खेतीबाट आम्दानी र उत्पादनमा कमी आउन थालेपछि मकै खेती गर्नतर्फ लागेका छन् ।

अहिले सबैभन्दा बढी हरिनगर गाउँपालिका, देवानगञ्ज, गढी, कोशी, भोक्राहा नरसिंह, इनरुवा, रामधुनी र बराहक्षेत्र लगायतका क्षेत्रमा मकैको खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १0:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid