May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख

शनिबार १० बजेदेखि ३ बजेसम्म बिजुली बन्द हुने

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० ११:३0
शनिबार १० बजेदेखि ३ बजेसम्म बिजुली बन्द हुने
  • सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै
  • १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने
  • नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने

काठमाडौं ।।

काठमाडौंको स्युचाटार सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै आएको बिजुली शनिबार (भदौ २ गते) पाँच घण्टासम्म अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सितापाइला, बाफल, बलम्बु, खड्कागाउँ (थानकोटसहित) हसनटार, कालिमाटी, कलंंकी र रोपवे फिडरबाट आपूर्ति हुँदै आएका स्थानमा शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने भएको हो ।

स्युचाटार सबस्टेसनको विद्यमान १३२ केभी मुख्य बसावार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ ।

हाल लप्सीफेंदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले विद्यमान टेकु सबस्टेसन स्तरोन्नती गरी टेकु-स्युचाटार ६६ केभी लाइनलाई ३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको छ ।

सोही कारण १३२ केभी बसबार बन्द हुने भएकाले टेकु, बालाजु, के टु, के थ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरुमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।