April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

उपत्यका ट्राफिक प्रहरी राजस्व उठाउन केन्द्रित

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १४:१0
उपत्यका ट्राफिक प्रहरी राजस्व उठाउन केन्द्रित

साझापरिवेश डेस्क काठमाडौ ।।

काठमाडौ उपत्यकाका ट्राफिक प्रहरी आफ्नो काम कर्तव्य राजश्व संलकन मात्रै हो भन्ने सोचाइका साथ राजश्व उठाउन मात्र केन्द्रीत भएको पाइएको छ । ट्राफिक प्रहरीको काम कर्तव्य र अधिकार बिर्सेर राजस्व संकलन र सर्वसाधारणलाई दुख दिनु उनिहरुको दैनिकी भएको छ ।

ट्राफिक जनचेतना कार्यक्रममा शुन्य रहेको ट्राफिक प्रहरी राजश्व संकलनका लागि मात्र हो ? सर्वसाधारणको प्रश्न रहेको छ।
ट्राफिक प्रहरीको जनचेतनामूलक कार्यक्रममा चासो नदिएको देखिन्छ । दुर्घटना न्यूनीकरण र ट्राफिक ब्यवस्थापनलाई पन्छाउदै ट्राफिक राजश्व संकलनमा केन्द्रीत भएकाले दुर्घटनाको जोखिम बढ्ने देखिन्छ ।

सवारी चेकजाच, मादक पदार्थ सेवनको चेकजाच, नियमित गस्ती , ओभरलोड नियन्त्रण लगायतमा ट्राफिक प्रहरीको ध्यान नगएको देखिन्छ ।

उपत्यका विभिन्न ठाउमा ट्राफिक चेकिङका नाममा सर्वसाधारणलाई जवरजस्ती जरिवाना तिराउने गरेको हो । विभिन्न बहानामा राजस्व काट्ने र दुख दिने सर्वसाधारणले बताए ।
आज दिनको करिब एक बजेको समयमा कमलादीबाट दरबारमार्गको एकतर्फी बाटोमा ४ जना ट्राफिक बसेर राजस्व संकलनमा केन्द्रित भएका थिए । एकतर्फी बाटोमा राजश्व संकलन गर्दै बसेका उनिहरुले जानकारी गराउन सक्दैन थिए ? के उनिहरुले ट्राफिक जनचेतना वा जानकारी गराउन हुदैन थ्यो ?? राजश्व संकलन प्राथमिकता कि जनचेतना ?

यस बिषयमा ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्र भट्टसग बुझ्नलाइ पटकपटक सम्पर्क गर्दा उनको फोन नउठेको हो ।

 

थप भिडियो हेर्न तलको लिंकमा थिच्नुहोस : 

उपत्यका ट्राफिक प्रहरी राजस्व उठाउन केन्द्रितhttps://www.facebook.com/100065198524014/videos/1068700994307366

महानगर प्रहरी र ट्राफिक प्रहरीबिच गम्सागम्सी https://www.facebook.com/100065198524014/videos/886046089466230

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।