May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

ओशो महोत्सव नयाँ वर्षमा

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:२७
ओशो महोत्सव नयाँ वर्षमा

काठमाडौं ।  मानिसलाई तनावमुक्त बनाउन ओशो तपोवनको प्रस्तुति र ओम नेपाल मिडियाको आयोजनामा ओशो महोत्सव हुने भएको छ। कार्यक्रमका प्रमुख संयोजक भवन भट्टका अनुसार नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुँडिखेलमा ओशो महोत्सव हुने भएको हो। महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, हास्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायतको प्रस्तुति हुनेछ।

नयाँ वर्षको उत्साह र सकारात्मक सन्देशसँगै ओशो तपोवनको सहकार्यमा महोत्सव हुन लागेको भट्टले जानकारी दिए। ‘मानिसहरू तनावग्रस्त छन्, डिप्रेसनका औषधि खानुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ। आफुभित्र भएको शक्तिलाई जगाउन सकिन्छ।’, उनले भने।

‘नेपाल तपोभूमि हो भनेर चिनाउन सकिन्छ। नेपालबाटै अन्तराष्ट्रिय ध्यान दिवस सुरु गर्न सकिन्छ भन्ने उदेश्य पनि हो।’ प्रमुख संयोजक भट्टले शारीरिक तथा मानसिक तनाव, हतासा, विषादका कारण दिनानुनिद बिग्रँदै गएको मानव स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनाले महत्वपूर्ण भूमिका खेल्ने बताए।

महोत्सव बिहान ९ बजेदेखि राति ९ बजेसम्म चल्नेछ। महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने विविध प्रकारका प्रस्तुति राखिएको ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले बताए। भण्डारीका अनुसार आफ्नो व्यस्त जीवनशैलीमा ध्यान, योग र सत्सङलाई अपनाउँदै खुसी जीवन जीउन सकिने कला यस महोत्सवबाट सिक्न सकिने छ। ध्यान, साधना, संगीत, नृत्य, हास्य, स्वाद साहित्य रअध्ययनको महोत्सव हुने प्रवक्ता भण्डारीले बताए।

स्वामी आनन्द अर्हतले यसबाट गर्ने ध्यान आराधनाले निकै फाइदा पुग्ने दावी गरे। उनले भने, ‘७१ प्रतिशत मानिसले आफ्नो जीवनशैली मिलाउन नसकेर मृत्यु भएको छ। यसबाट धेरै मानिसको जीवनशैली परिवर्तन गर्न सकिन्छ।’

कार्यक्रमका संयोजक सोविता सिम्खडाले ध्यान अराधानाबाट मानिसहरूको जिनवशैलीमै परिवर्तन आउन सक्ने बताइन्। कोभिडपछि मानिसहरू डिप्रेसनको सिकार भएको भन्दै, ‘प्रत्येक मानिस खुसी रहनु पर्छ, अहिले भागदौड व्यस्तताले मानिसले आफ्नो बारेमा सोच्न सकेका छैनन्। जसबाट समस्या उत्पन्न भएको छ। केही हदसम्म आफ्नो लाइफस्टाइल परिवर्तन गर्न सकिनेछ।’ यस महोत्सवले ओशोको गुणगान मात्र गाउने नभई कार्यक्रममा थुप्रै खालका प्याकेज रहने उनले बताइन्। उनले कार्यक्रममा विदेशी पाहुनासँगै देशका विशिष्ट व्यक्तिको सहभागिता रहने बताइन्।

महोत्सवको मुख्य कार्यक्रम साँझ ५ बजे हुनेछ। साँझको कार्यक्रममा एकै साथ ५० हजारले ध्यान र उत्सव गर्ने तपोवनले जनाएको छ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।