March 26, 2023 | आइतवार, चैत्र १२, २०७९
सुचनाहरु
रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू) नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माणमा प्राधिकरणको ताकेता रुसले बेलारुसमा रणनीतिक हतियार परिचालन गर्ने माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छः गृहसचिव सिंह ट्युनिसिया डुङ्गा दुर्घटना हुँदा ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश विभिन्न दलका प्रतिनिधिहरुसँग सभामुखको छलफल जारी नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न उपेन्द्र यादव भन्छन्- बारामा उपनिर्वाचन लड्नुपर्ने जोड छ, मैले निर्णय गरिसकेको छैन अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको एमाले उपाध्यक्ष पौडेलको दावी आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना भागे उपेन्द्र र महन्थ भेटवार्ता : होला त पार्टी एकीकरण ? डा. सिके राउतको चुनौतिपूर्ण भाषणले हल्लाएको यादवको सम्राज्य रिमेकमा आयो कालजयी गीत ‘झरनाको चिसो पानी’

जापानका युटुबर सांसद पदबाट निष्कासित

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १0:५१
जापानका युटुबर सांसद पदबाट निष्कासित

टोकियो 

युटुबरबाट सांसद बनेका जापानका एकजना सांसदलाई संसद्मा प्रवेश गर्नै नपाई निष्कासन गरिएको छ। यसरी निष्कासनमा पर्ने उनी जापानको पहिलो सांसद बनेका छन्।

योशिकाजु हिगाशितानीलाई सिनेटका उनका सहकर्मीहरूले काममा नआएको भन्दै मङ्गलबार निष्कासन गरेका हुन्। सात महिनाअघि सांसदमा निर्वाचित भएदेखि उनी एक दिन पनि संसद्को बैठकमा गएका थिएनन्।

लगातार अनुपस्थित भएका कारण संसदको अनुशासन समितिले उनको संसद् सदस्यको हैसियत खोसेको हो। मतदाताले हिगाशितानीलाई गत जुलाईमा माथिल्लो सदनको सदस्यका रूपमा निर्वाचित गरेका थिए।

उनी यूट्यूबमा गासीको रूपमा परिचित छन्। उनी त्यहाँ सेलिब्रिटी गसिपबारे भिडिओहरू बनाउँछन्। जापानमा निष्कासन एक जना सांसदले पाउन सक्ने सबैभन्दा कठोर सजाय हो।

सन् १९५० यता दुई पटक मात्रै यस्तो भएको छ र लगातार अनुपस्थित भएका कारण सांसद निष्कासन भएको यो पहिलो पटक हो। संसद्ले यसै साताको अन्त्यमा निष्कासन सम्बन्धी निर्णयलाई औपचारिकता दिनेछ।

’नो–शो एमपी’ उपनाम दिइएका ती सांसद संयुक्त अरब इमिरेट्समा बसोबास गरिहेको विश्वास गरिन्छ। उनले हालसम्म संसद्मा उपस्थित हुन अस्वीकार गरेका छन् किनभने उनीमाथि ठगीको आरोप लागेकाले उनलाई पक्राउ परिने डर छ।

त्यस्तै उनमा सेलिब्रिटीहरूले मानहानीको मुद्दा लगाउनसक्ने डर पनि रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

उनी सेईजीका–जोशी–४८ नामको विपक्षी दलबाट निर्वाचित दुईजना सदस्यमध्ये एक हुन्। उक्त दलले एकल मुद्दा बोकेर हिँडेको छ र उसले जापानको सार्वजनिक प्रसारणकर्ता एनएचकेको सुधारका लागि आह्वान गर्ने गर्छ। पहिले उक्त दललाई एनएचके पार्टी भनेर चिनिन्थ्यो।

उक्त पार्टीले प्रचारप्रसारका लागि नियमित नाम परिवर्तन गर्ने गरेको आसाही शिम्बुन पत्रिकाले जनाएको छ।

अन्तिम मौका गुमाए

गत साता संसदले हिगाशितानीलाई टोकियोमा आफ्नो अनुपस्थितिको लागि संसद्समक्ष माफी माग्न आग्रह गरेको थियो। ​​​​​​​सांसदहरूले यो उनका लागि अन्तिम मौका हुने बताएका थिए। तर हिगाशितानी संसद्को त्यो पूर्ण सत्रमा देखा पर्न सकेनन्।

त्यसको साटो उनले आफ्नो युट्युब च्यानलमा आफू टर्की जाँदै गरेको र आफ्नो तलब टर्कीका भूकम्प पीडितलाई राहतमा प्रदान गर्ने योजना बनाइरहेको घोषणा गरे। उनको अनुपस्थितिले सिनेट आक्रोशित भयो र सिनेट सदस्यहरूले उनको निष्कासनको पक्षमा मतदान गरे।

उनको दलका एकमात्र उनका सहकर्मी हमादा सातोशीले संसद् सत्रमा अनुपस्थित भएका कारण हिगाशितानीलाई निष्कासन गर्नु गैरकानुनी भएको तर्क गरेका थिए।

तर समितिले सर्वसम्मतिले उनलाई निष्कासन गर्ने निर्णय गर्यो।

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट