May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

चल्यो गोली, एकको मृत्यू, तीन गम्भिर !

  • साझा परिवेश
  • शनिबार, बैशाख २, २०८० २0:२५
चल्यो गोली, एकको मृत्यू, तीन गम्भिर !

रौतहट । मधेश प्रदेशको रौतहटमा गोली चल्दा एक जनाको मृत्यू भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् ।

शनिबार जग्गाको विषयमा भएको विवादले उग्र रुप लिँदा गोली चलेपछि एकजनाको मृत्यु भएको हो ।

रौतहटको गढीमाई नगरपालिका वडा नं. ८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चल्दा एकजनाको मृत्यु भएको छ भने अन्य तिनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरकाअनुसार गोली लागेर स्थानीय राजकुमार राय यादव रहेका छन् ।

विवादका क्रममा गोली लागेपछि उनलाई थप उपचारका लागि वीरगञ्ज ल्याइरहेको क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक बुढामगरले जानकारी दिए । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ ।

नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको १२ बोरको हतियार पनि बरामद गरिएको र र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपीको टोली पठाइएको बुढामारले बताए ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २, २०८० २0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।