April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

वनमा जताततै डढेलो, सर्वसाधारण त्रासमा, सरोकारवाला रमिते

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १६:५६
वनमा जताततै डढेलो, सर्वसाधारण त्रासमा, सरोकारवाला रमिते

चुरेमकवानपुर । मकवानपुरको विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । सुख्खा मौसम सुरू भएसंगै बनमा डढेलो लाग्दा सर्वसाधारणमा त्रास फैलिएको छ भने सरोकारवाला निकायबाट कुनै कदम अघि बढाईएको पाइएको छैन ।

हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउंपालिका क्षेत्रमा पर्ने नमुना सामुदायिक वन, बनस्खण्डि सामुदायिक वन र मनकामना सामुदायिक वनमा हिजोबाट सुरू भएको आगलागी अहिले मानव बस्ती नजिकै पुग्न थालेको छ ।

बस्तिमा आगो पस्ने डरैडरमा बसेका मनकामना डांडाका स्थानीयहरूले सरकार रमिते भएर बसेको भन्दै गुनासो गरे । मकवानपुरका बिकट गाउँदेखि हेटौंडा बजार क्षेत्रका वनहरुमा समेत आगलागी भइरहेका छन् । यता डिभिजन वन कार्यालय मकवानपुरका कर्मचारी भने रमिते बनेका छन् । फागुन महिनाको अन्तिमदेखि अहिलेसम्म मकवानपुर जिल्लाका सामुदायिक वनहरू डढेलोको जोखिममा पर्न थालेका छन्।

सुख्खा समय, बनमा झरेको पत्कर र हावाहुरीको कारण डढेलो बढेको छ । पछिल्लो साता मकवानपुरका दश वटै स्थानीय तहका सामुदायिक वनहरुमा डढेलो लाग्नेक्रम बढ्दै आएको छ ।

सामुदायिक वनहरूमा डढेलो लागेका कारण संरक्षण गरेका वनजङ्गल नष्ट हुने र नजिक रहेका घरगोठमा आगलागी हुने डर रहेकाले स्थानीय त्रसित हुन थालेका छन्।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका क्षेत्रका सामुदायिक वनहरुमा डढेलो लागेका छन् ।

डढेलो निभाउनका लागि साुमदायिक वन समुहमा रहेका उपभोक्ताहरुले पनि खासै चासो नदिएको र स्थानीय सरकारले पनि वास्त नगरेको स्थानीय कल्पना अधिकारीले बताइन् । “वन छेउमा घर छ, कतिखेर हावाले आगो सहितको पत्कर घर गोठमा ल्याउने हो डरै डर छ” मनकामनाका भुवन लामाले भने ।

जङ्गलमा सुकेका पातपतिङ्गर डढेलोले सल्किएपछि नयाँ घाँस पलाउने लोभमा पनि कतिपय ठाउँमा घाँसी तथा गाईगोठालाले लुकेर आगो लगाउने गरेको पाइन्छ। आगोले वनजङ्गलमा डढेलोको रूप लिँदा वन, वनस्पति, वन्यजन्तुमा ठूलो नोक्सानी हुने गरेको छ।

डढेलोले संरक्षित साल तथा अन्य जातका रुख, वनस्पति, चराचुरुङ्गी र जीवजन्तुलाई प्रत्यक्ष असर गर्ने डिभिजन वन कार्यालय हेटौंडाले जनाएको छ।

सामुदायिक वनमा आगलागी हुँदा हरेर बस्नुपर्ने बाध्यता रहेको डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख शिब सापकोटा बताउछन् । हरेक दिन वनहरुमा आगलागी भइरहेका छन् । तर, आगलागी नियन्त्रण गर्ने थोरै मात्र जनसक्ति भएकाले हेरेर बस्नुपर्ने अवस्था आएको उनले बताए ।

जताततै आगलागी हुँदा पनि त्यही भएका कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरुलाई लिएर डढेलो नियन्त्रण गर्ने प्रयास भने कमै भएका छन् । हेटौंडा उपमहानगरपालिकाको कार्यलयबाट २ मिनेटको दुरीमा रहेको मनकामना सामुदायिक वनमा आगलागी हुंदा नगरपालिका पनि रमिते बनेर बसेको छ ।

संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, स्थानीय प्रहरी प्रशासन, सेना, वन समूहहरू बजेटको अभाव भएको भन्दै डढेलो नियन्त्रणमा उदासीन देखिएका छन् ।

देशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि भएको छ । वन विभागको तथ्यांकअनुसार अहिले ९२ स्थानमा डढेलो लागिरहेको छ ।

तराईका विभिन्न भागका जंगलहरुमा डढेलो फैलिएको छ । चितवन, पर्सा प्युठान लगायतका क्षेत्रमा अन्यत्रभन्दा बढी डढेलो फैलिएको छ । तराई, पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो सक्रिय छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १६:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट