May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

मिश्रित निर्वाचन प्रणालीले स्थिर राजनीति हुँदैन : प्रकाशमान सिंह

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १७:४२
मिश्रित निर्वाचन प्रणालीले स्थिर राजनीति हुँदैन : प्रकाशमान सिंह

झापा । नेपालमा जबसम्म मिश्रित निर्वाचन प्रणाली रहन्छ तबसम्म स्थिर सरकार नबन्ने नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले बताएका छन्।

वीरता जेसीजका पूर्व अध्यक्षहरूको क्लबद्वारा घोषणा गरिने उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा बोल्दै कांग्रेस नेता सिंहले मिश्रित निर्वाचन प्रणालीको अभ्यासले स्थिर राजनीतिक अवस्था दिन नसक्ने बताए।

संवैधानिक व्यवस्था सोही प्रणालीको भएकाले सोही किसिमको अभ्यासमा अभ्यस्त हुनुको विकल्प नभएको उनको भनाइ छ। यो निर्वाचन प्रणालीबाट कहिलेकाहीँ मात्र बहुमत आउने उनले बताए।

कांग्रेस नेता सिंहले भने, ‘मान्छेहरू राजनीतिक स्थायित्व भएन भन्छन्। मिश्रित निर्वाचन प्रणाली अँगालेपछि कहाँबाट राजनीतिक स्थायीत्व हुन्छ?’

यही संवैधानिक व्यवस्थामा राजनीतिक स्थायीत्व ल्याउन सबै तहबाट प्रयास हुनुपर्ने कांग्रेस नेता सिंहले बताए। उनले तीन तहको सरकारलाई बलियो बनाए मात्र देशमा विकासको अनुभूति गर्न सकिने बताए।

कोभिड महामारीपछिको आर्थिक मन्दीको अवस्थालाई सरकारले आगामी बजेटमा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १७:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट