April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

कर्णालीमा सरकार विस्तार : कांग्रेस–माओवादी सहमति नजिक

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १२:४७
कर्णालीमा सरकार विस्तार : कांग्रेस–माओवादी सहमति नजिक

सुर्खेत । कर्णालीमा मन्त्रिपरिषद् विस्तार गर्ने विषयलाई लिएर नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बृहत रूपमा छलफल भइरहेको छ । आइतबार मुख्यमन्त्री निवासमा बसेको बैठकमा नेतृत्वमा आलोपालो गर्ने सहमति भएको बुझिएको छ । स्रोतका अनुसार अहिलेलाई वर्तमान मुख्यमन्त्री राजकुमार शर्मा नै कायम रहने र अढाई वर्षपछि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने गरी सहमति भएको छ । तर, लिखित रूपमा भने कुनै सहमति नभएको कांग्रेस संसदीय दलका नेता शाहीले रातोपाटीलाई बताए ।

उनका अनुसार छलफल भइरहेको र सहमतिको नजिक पुगेको अवस्था छ । सम्भवतः सोमबार नै टुङ्गो लाग्ने र मंगलबारसम्म मन्त्रिमण्डललाई विस्तार गर्ने गरी दुवै दल अग्रसर देखिएका छन् ।  कांग्रेस नेता शाहीले आइतबार रातोपाटीमा प्रकाशित समाचार (कर्णाली प्रदेश : नाम एउटै, मन्त्रालय दुईतिर) को विषयमा समेत छलफल भइरहेको बताए । उनले अहिलेलाई ८ मन्त्रालय नै कायम रहनुपर्ने धारणा कांग्रेसले राखेको बताए । यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय मर्ज गरिएको भनिए पनि राज्यमन्त्री नियुक्त गरेको र प्रशासनिक रूपमा अहिलेसम्म मन्त्रालय मर्ज भएको छैन । ८ मन्त्री भइसकेपछि मन्त्रालय गाभियो भन्नुको कुनै औचित्य नभएको शाहीको बुझाइ छ ।

‘हिजो रातोपाटीमा प्रकाशित समाचारको विषय जुन छ, त्यसमा मेरो सहमति हो, ५० हजार जोगाउने नाममा प्रदेशको प्राथमिकतामा रहेका जलस्रोत, ऊर्जा जस्ता विषय रहेको मन्त्रालय हटाउनु उपयुक्त होइन भन्ने हो,’ शाहीले भने, ‘पहिला (०७८ पहिला) मैले मन्त्रालय फुटाउने कुरामा विरोध गरेकै हो तर, फुटाएर अहिले सबै काम अघि बढिसक्दा थोरै पैसा जोगाउने नाममा मन्त्रालय गाभियो भन्नुको कुनै औचित्य छैन ।’ अहिले खानेपानीको विषय, ऊर्जातर्फ जगदुल्ला विद्युत् आयोजनामा ३३ करोडको प्रदेश सरकारले शेयर लगानी गरिसकेको उनको भनाइ छ । साथै ११ करोड बराबर रकम पठाइसकिएको समेत शाहीले बताए । ‘भोलि प्रदेशको आयस्रोतको आधार पनि त्यही हुने हो,’ शाहीले भने,‘ सिँचाइको कुराहरू छ । कतिवटा हाइड्रो पावरको कुराहरू छन्, त्यसलाई एउटा शाखाको रूपमा राख्नुभएन, मन्त्रालय नै कायम हुनुपर्छ भन्ने कुरा हाम्रो छ ।’

छलफलका क्रममा मुख्यमन्त्री शर्माले राज्यमन्त्रीलाई हटाउने कुरामा छलफल गर्ने बचन दिएको शाहीले बताए । यदि राज्यमन्त्री हटेर ८ मन्त्रालय नै कायम रहेको खण्डमा ४ मन्त्रालयमा कांग्रेसको दाबी रहने देखिन्छ ।  यद्यपि त्यो विषयमा अहिले टुङ्गो लागिनसकेको शाहीको भनाइ छ । शाहीले अब कांग्रेस सत्ता पक्ष भइसकेको र मन्त्रीको विषयमा सोमबार कार्य सम्पादन समितिको बैठक बस्ने बताए ।

माओवादीको रणनीति भने यसअघि एमालेले सम्हालेका तीन वटै मन्त्रालयमा कांग्रेसलाई पठाउने छ । ८ मन्त्रालय कायम रहने नरहने कुरापछि कुन मन्त्रालय कसले लिने भन्ने बारेमा छलफल हुने उनको भनाइ छ । अर्को कुरा अहिलेलाई यसैलाई कायम राखेर अघि बढ्ने सरकारमा गइसकेपछि हेरफेर हुन सक्ने पनि आकलन गरिएको छ ।  माओवादीले भौतिक पूर्वाधार मन्त्रालय कांग्रेसलाई दिएर अर्थ मन्त्रालय आफैसँग राख्ने चाहिरहेको स्रोतको भनाइ छ । मुख्यमन्त्री राजकुमार शर्माले भोलिसम्म मन्त्रीमण्डलले पूर्णता पाउने गरी छलफल चलिरहेको रातोपाटीलाई जानकारी दिए ।

साथै कांग्रेसले ‘पावर सेयरिङ’ लागि सभामुखको बारेमा समेत सोच्नुपर्ने माग राखेको बुझिएको छ । अहिले सभामुखमा एमालेकी नन्दा गुरुङ छन् । कांग्रेसले सभामुखबारे हेरफेर हुनुपर्ने बताए पनि अहिलेसम्म सभामुखको बारेमा कुनै छलफल नभएको बैठकमा सहभागी एक नेताले बताए । सरकार विस्तारपछि मात्रै मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १२:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट