April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

कोसी प्रदेशका सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीको नियमित गस्ती

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:२३
कोसी प्रदेशका सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीको नियमित गस्ती

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रण गर्न कोसी प्रदेशमा नेपाल प्रहरीले सक्रियता बढाएको छ ।
भारतसँगको खुला सीमाका कारण नेपालबाट भारत र भारतबाट नेपालतिर हुँदै आएको तस्करी नियन्त्रण चुनौतीपूर्ण बनिरहेको छ ।
चुनौतीको सामना गर्दै प्रहरीले अवैध चोरी–पैठारी रोक्न विभिन्न निकायसँग समन्वय गरेर काम गरिरहेको हो ।
तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्र लक्षित गर्दै नेपाल प्रहरीले नियमित गस्ती गर्न थालेको छ ।

तस्करी रोक्न विशेष कार्ययोजना बनाएरै अघि बढेको प्रहरीले हतियारसहित गस्ती सुरु गरेपछि सीमा क्षेत्रबाट सामानको अवैध ओसारपसार हुन नपाएको बताइएको छ ।
विशेष गरेर भारतसँग सीमा जोडिएका कोसी प्रदेशको तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा प्रहरीले सक्रियता बढाएको छ । नेपाल प्रहरीका उपरीक्षक (एसपी)हरु
झापामा दुर्गाराज रेग्मी, मोरङमा दीपक पोखरेल र सुनसरीमा प्रभुप्रसाद ढकालको नेतृत्वमा प्रहरी छ ।

जिल्ला प्रहरी प्रमुखहरुले सीमा क्षेत्रमा निगरानी बढाउँदै चोरी–तस्करी नियन्त्रण गर्न विशेष टोली परिचालन गरेका छन् । परिचालित प्रहरीले ठूलो परिणामको अवैध सामान बरामद
गर्दै तस्करी नियन्त्रणको प्रयास गरिरहेको हो । सशस्त्र प्रहरीलगायतका निकायसँग समन्वय गर्दै ३ वटै जिल्लाका सिमावर्ती क्षेत्रमा नेपाल प्रहरीले हतियारसहित नियमित गस्ती गरिरहेको छ ।

प्रदेश प्रहरीका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले राजस्व छली एवं तस्करी रोक्न नाकाहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै सीमा
क्षेत्रमा सतर्कता बढाइएको हो । उनको निर्देशनसँगै प्रहरीले सीमा क्षेत्र लक्षित २४ घण्टे गस्ती सुरु गरेको छ । झापा, मोरङ र सुनसरीका प्रहरी कार्यालयको निरीक्षण भ्रमणका क्रममा
बास्तोलाले तस्करी नियन्त्रणमा कुनै सम्झौता नहुने उल्लेख गर्दै प्रहरीलाई प्रतिवद्ध भएर जिम्मेवार रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

राजस्व अनुसन्धान र भन्सार कार्यालयसँग समन्वयमा प्रहरीले पछिल्लो १ वर्षको अवधिमा भन्सार छली गरिएका २६ करोड रूपैयाँभन्दा बढीका अवैध मालसामान बरामद गरेको छ ।
२०७९ वैशाखदेखि चैतसम्ममा तस्करीमा प्रयोग गरिएका ७६ वटा सवारीसाधन र तस्करीमा संलग्न ८० जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीका लागि राजस्व
तथा भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीका अनुसार तस्करीका सामान ओसारपसार गर्न साइकल, मोटरसाइकल, अटो टेम्पो, पिकअप भ्यान, म्याजिक, ट्याक्टरलगायतका सवारीसाधन प्रयोग हुने गरेको छ ।

चैत महिनामा मात्रै प्रहरीले ७८ लाख ९४ हजार रूपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । उक्त अवधिमा प्रहरीले तस्करीमा संलग्न ४ जनासहित एउटा सवारीसाधन
पनि नियन्त्रणमा लिएको छ । प्रहरीले तस्करीका खाद्यान्न, किराना मालसामान, खादमल, लत्ताकपडा, मोटर पार्टस्, सिमेन्ट, पेय पदार्थ, कस्मेटिक सामान, फलफूल, बिजुलीका
सामान, ब्रोइलर कुखुरा, औषधि, स्वास्थ्य सामग्री, माछा तथा नेपालबाट भारततिर लैजान खोजिएका चौपाया पनि नियन्त्रणमा लिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट