May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

एकैदिन पोखरामा १७५ विदेशीले गरे प्याराग्लाइडिङ

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० ११:३0
एकैदिन  पोखरामा १७५ विदेशीले गरे प्याराग्लाइडिङ

पोखरा । कोभिड–१९ पछि शून्यको अवस्थामा रहेको चिनियाँ पर्यटकको आगमन पोखरामा पुःन सुरू भएको छ । चिनियाँ पर्यटकको आगमनसँगै पोखरामा प्याराग्लाइडिङमा रमाउने पर्यटक पनि बढेका छन् । कोभिडपछि विस्तारै गति लिन थालेको पोखराको प्याराग्लाइडिङ व्यवसाय मंगलबार भने कोभिड पछिकै सबैभन्दा धेरै विदेशी पर्यटकले उडान भरे ।

पोखराको मान्द्रेढुंगा र पामे क्षेत्रको आकाशका मंगलबार विभिन्न रंगका प्याराग्लाइडिङले भरिएका थिए । विमान चार्टर गरी नेपाल घुम्न आएका एक १८० जना चिनियाँ पर्यटकमध्ये मंगलबार ८७ जना चिनियाँ पर्यटकले प्याराग्लाइडिङ गर्दा रमाइलो दृश्य देखिएको हो।

कोभिड अघि चिनियाँ पर्यटक प्याराग्लाइडिङकै लागि पनि पोखरा आउने गर्दथे । चिनियाँ पर्यटकको आगमन पुनः सुरूभएसँगै प्याराग्लाइडिङलगायत पर्यटन व्यवसाय चलायमान हुने विश्वासमा पर्यटन व्यसायी रहेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष सुनिल भट्टराईले बताए ।
पोखराको आकाशम मंगलबार २४९ जनाले प्याराग्लाइडिङ गरेको र तिमध्ये १७५ जनाले विदेशी रहेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए । तिमध्ये ग्रुपमा आएका ८७ जना चिनियाँले प्याराग्लाइडिङ गरेका हुन् ।

कोभिडपछि पहिलो पटक यति ठूलो संख्यामा चिनियाँ पर्यटक पोखरामा आएको खुशीयालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्याराग्लाइडिङ टेकअप हुने स्थान मान्द्रेढुंगामा पुगेर चिनियाँ पर्यटकलाई स्वागत गरेका थिए । पोखराका पर्यटन व्यवसायीले पनि चिनियाँ पर्यटकलाई स्वागत गरेका थिए ।

 

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।