May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

बर्सेनि बल्झिरहने पीडा ‘खानेपानी’

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:४७
बर्सेनि बल्झिरहने पीडा ‘खानेपानी’

दाङ । गोदधारा घोराही उपमहानगरपालिका वडा नं. ४ को पहाडी बस्ती हो । जुन बस्ती घोराही बजारदेखि करिब १० किलोमिटर दुरीमा अवस्थित छ । जहाँ करिब एक सय २० घरधुरीको बसोबास छ । खडेरी सुरु भएसँगै गोदधारामा खानेपानीको अभाव चुलिँदै गइरहेको छ ।

खडेरी सुरु भएसँगै गोदधारा बस्तीको पानीको धारामा पानी  मुहान मात्रै होइन, बस्तीको मुहारमा खानेपानी अभावको पीडाले खुसी हराएको छ । गोदधारावासीका लागि खानेपानीको योजना मात्रै होइन, मन भरी पानी खाने सपना पनि वर्षौँदेखि अधुरै छ ।

गाउँमा खानेपानीको खडेरी सुरु भए सँगै सुक्न थालेपछि अहिले गोदधाराका स्थानीयहरू एक ग्रागी पानीका लागि घण्टौँ टाढाबाट धाउनुपर्ने बाध्यता स्थानीयको छ । गाउँमा खानेपानीको व्यवस्थित योजना निर्माणको अभावका कारण यो बाध्यता बर्सेनि खेप्नु परेको स्थानीय कमला मगरको भनाई छ ।

खानेपानी योजना निर्माणको अभावका कारण खडेरी सुरु भएसँगै उनीहरूलाई पानीको पीडा पोल्ने गरेको छ । उनले भनिन–‘ पुस्तौदेखि हो खडेरी सुरु भएपछि खानेपानीको पीडा झेल्न लागेको, तर अझै खानेपानी पीडा उस्तै छ ।’ जसका खडेरीमा बर्सेनि पानीको पीडाको आहालमा गाउँ डुब्ने गरेको छ । उनले भनिन्–‘ एक ग्रागीका पानीका राती भन्नु छैन, दिन भन्नु छैन । बालबच्चादेखि सबै पानी खोज्दै कहिले कता कहिले कता हिँड्नु परिरहेको छ ’ तर गाउँमा खानेपानी अभाव र पीडा अझै हटेको छैन ।

जसका कारण अझै उही दुर्गम पहाडलाई त्यही पीडाले सताइरहेको उनले बताउँछिन् । गाविस, नगर हुँदै अहिले उपमहानगरपालिकाबासी भए पनि गाउँमा खानेपानीको पीडा र दुःख टर्न नसक्दा अझै उपमहानगरभित्रको बस्ती उही पुरानै अवस्थामा रहेको छ । उनले थपिन– ‘उपमहानगर भएर के भयो र ? खानेपानीको दुःख उही पुरानै छ । ’

खडेरी सुरुभएसँगै खानेपानी अभावको पीडा दाङको पहाडी वस्तीका सदियो देखिको पीडा हो । खडेरी सुरु भयो की पहाडी बस्तीलाई खानेपानी अभावको चिन्ताले पनि पिरोल्न सुरु गर्छ । कतिपय पहाडी बस्तीमा खानेपानीको धारा पुगेपनि पानी पुगेका छैन ।

कतिपय बस्तीमा अझै खानेपानीको धारा पुग्नै बाँकी छ । खडेरी बढ्दै जाँदा पानीको मुहान सुक्न थालेपछि दाङको पहाडी बस्तीमा खानेपानीको अभाव दिनानुदिन चुलिँदै गइरहेको छ । खानेपानीको सहज व्यवस्थापन नहुँदा एकग्रागी पानीका लागि घण्टौँ टाढा धाउनुपर्ने दुविधा पहाडीबासीको वर्षाैंदेखिको पीडा हो ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।