April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

यो सरकार केही महिना रहे वृद्धभत्ता रोकिन्छ, प्रहरीले कपडा फेर्न पाउँदैनन् :ओली

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १६:३९
यो सरकार केही महिना रहे  वृद्धभत्ता रोकिन्छ, प्रहरीले कपडा फेर्न पाउँदैनन् :ओली

बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही महिनाभित्रै अब पनि रहने हो भने बृद्धभत्ता रोक्ने निश्चत रहेको बताएका छन् ।  बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशीले समेत नपत्याएको यो सरकारसँग पैसा नै नभएकाले सरकारले दिँदै आएको वृद्धभत्ता रोकिने र प्रहरीलाई कपडा फेर्न समेत नपाउने बताए ।

‘यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ, यसले रोक्छ । यही सरकार रहने हो भने प्रहरीले कपडा पनि फेर्न पनि पाउँदैन’,पूर्व प्रधानमन्त्री ओलीले भने, ‘यही कपडाले कति समय चलाउनुपर्ने हो थाहा छैन ।’ अध्यक्ष ओलीले आर्मीलाई बङ्करबाट ब्यारेकमा ल्याउने प्रयास थालेको तर त्यो अभियान समेत रोकिएको बताए । उनले पैसा जति भन्यो त्यति दिने कामधेनु गाई ल्याएको छ र ? भन्दै सरकारलाई  राक्षसको संज्ञा दिए । ‘राक्षस पसेजस्तो भएको छ, ध्वस्त भएको छ देश’, ओलीको भनाइ छ ।

उनले मुलुकमा साँच्चै पैसा नभएको भन्दै सरकारले पैसा आउने कामै नगरेको बताए । ‘१५ प्रतिशत ब्याज तिरेर कसरी मान्छेले उद्योग चलाउँछ ? किनभने यो सरकारको ध्यान देश र जनता होइन आफन्त पोस्ने हो’, ओलीले यही देशको ढुकुटीबाट बाटो बनाउन पुग्ने भए पनि त्यो कामै नगरेको बताए । उनले गठबन्धन सरकार नपछारेसम्म देशको विकास नहुने दाबी समेत गरे । उनले गढीमाईमा गठबन्धनका नेताहरू आएर एमालेलाई गाली गर्न मात्रै भएको पनि बताए । उनले बारा २ एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई विजयी गराउन र विकासको अभियानमा साथ दिन आग्रह गरे ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट