May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा

धरहरा ठडियो मात्र पूर्ण बन्न सकेन

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० ११:१७
धरहरा ठडियो मात्र पूर्ण बन्न सकेन
काठमाडौँवार्षिक परीक्षा सकिएपछि काठमाडौं आउनुभएका तनहुँका पदम थापालाई धरहरा चढ्न मन भयो । काठमाडौं घुम्नेक्रममा धरहरा चढेर मात्र घर फर्कने उहाँको मन छ । सुन्धारमा आएपछि धरहरा चढ्ने सुरले उहाँ त्यसतर्फ लाग्नुभयो । तर, सुरक्षा गार्डले धरहरा बनिसकेको छैन भन्दै फर्काइदिए । “धरहरा उद्घाटन भएको दुई वर्ष अघि नै सुनेको हो । अहिले बनिसक्यो होला भन्ने सोचले धरहरा चढ्न आएको बनेकै रहेनछ ,उहाँले सुनाउनुभयो ।” बाहिरबाट हेर्दा धरहराको सबै भाग बनेजस्तो देख्दा धरहरा चढ्न साह्रै हुटहुटी लागेको उहाँ सुनाउनुहुन्छ । यस अघिको पुरानो धरहरा समेत उहाँले चढ्न पाउनुभएकाे थिएन ।
उहाँले सुनाउनुभयो, “काठमाडौँ आएपछि धरहरा चढ्ने मन कसको पो नहोला र ? अब फेरी कहिले आउने हो थाहा छैन ।आउँदा धरहरा चढ्ने मन थियो । यसपालि धरहरा चढ्ने रहर पूरा भएन ।” उहाँ त एउटा प्रतिनिधि पात्र मात्र हो । अन्य सर्वसाधारणलाई पनि धरहरा चढ्ने इच्छा छ । तर धरहरा निर्माण कार्य नसकिएकाले सर्वसाधारणका लागि खुल्ला गरिएको छैन ।
उद्घाटन भएको दुई वर्ष बिते पनि धरहरा पूर्णरूपमा सम्पन्न भएको छैन ।  पुनर्निमित्त धरहराको २०७८ साल वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको दुई वर्ष बित्यो तर काम भने पुरा भएको छैन । धरहराको पुनर्निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
धरहराको मुख्य टावरमा लिफ्ट पनि सञ्चालनमा रहेकाले धरहरा चढ्न मिल्नेछ । तर बेसमेन्टमा पसलहरू थपिएकाले यसको पनि पाँच प्रतिशत काम बाँकी छ । निर्माणको जिम्मा पाएको जीआईईटीसी रमन केभी कम्पनीका प्रोजेक्ट म्यानेजर रमेश पौडेलले आगामी असोज मसान्तसम्म निर्माणको सबै काम सक्ने योजना रहेको बताउनुभयो । अहिले बाहिर बेसमेन्ट, बगैँचाको काम चलिरहेकाले यो सबै असोज मसान्तसम्म सक्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
मुख्य धरहराको बेसमेन्टमा पसलहरू थपिएकाले पाँच प्रतिशत मात्र काम बाँकी  छ । अन्य बाहिरी ल्याण्डस्केप निर्माण, बगैँचा निर्माण,गेट निर्माणको काम चलिरहेकाले तत्काल खुल्ला गर्न नसकिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाहिरी ल्याण्डस्केपका कामहरू बाँकी छन् । यसको डिजाइन निर्माणका लागि  परामर्शदाताको छनौटमा दुई महिना निर्णय हुन नसक्दा काममा समस्या भएको थियो । तर अहिले त्यस्तो समस्या छैन । ” आफूहरूले  काम गरिए बापतको १५ करोड रुपियाँ भुक्तानी लिन पनि बाँकी रहेको उहाँले बताउनुभयो ।
युटिलिटी ब्लकको काम धेरै मात्रामा बाँकी रहेको उहाँको भनाइ छ । सम्पूर्ण विद्युतीय प्रक्रियामा यही ब्लकबाट प्रवाह गर्नुपर्ने भएका कारण यसको निर्माणमा समय लागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धेरै मात्रमा युटीलीटी ब्लकको काम बाँकी रहेको छ । यसबाट नै एसी, सम्पूर्ण विद्युतीय पावर सप्लाई हुने भएका कारण यसको निर्माण केही ढिला भएको छ । यस ब्लकको डिजाइन पनि पछि प्राप्त भएका कारण समय लागेको हो । अण्डरग्राउण्डको भौतिक संरचनाको काम पनि सबै सकिएको उहाँको भनाइ छ । यसका रंगरोगनका काम भने पछि गरिने उहाँ बताउनुहुन्छ ।
 
असोजसम्म म्याद थपको प्रस्ताव 
धरहरा पुनर्निर्माणको काम तोकिएको समयमा सम्पन्न नभएपछि असोज मसान्तसम्मको  म्याद थप्नका लागि प्रस्ताव गरिएको उहाँले बताउनुभयो । सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना भवन कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीका अनुसार म्याद थपसम्बन्धी प्रस्ताव प्राप्त भएको र यसलाई स्वीकृतिका लागि भवन विभागमा पठाइएको बताउनुभयो । कम्पनीले पुस मसान्त अघि नै निवेदन दिएकाले काममा कुनै रोकावट नरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “कम्पनीले पहिले तोकिएको समयमा काम सम्पन्न नहुने नभएपछि म्याद सकिनु २१ दिनअघि म्याद थपको लागि निवेदन पठाएको थियो । स्वीकृतिको लागि भवन विभागमा पठाएका छौँ । स्वीकृत भएपछि असोज मसान्तसम्म म्याद थप हुन्छ ।” निर्माण प्रारम्भ गर्दाको समयमा भन्दा भौतिक संरचना धेरै थपिँदा काममा सुस्तता भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले धरहरा पुनर्निर्माण गर्दा पाँच रोपनीबाट सुरु गरेका थियौँ । अहिले ४२ रोपनी पुगेको छ । यसले गर्दा पनि समय लागेको छ ।”
पछि प्रशासनिक भवन तथा अन्य संरचनागत कामहरू पनि थपिएका कारण समय लागेको उहाँको भनाइ छ । मन्दिर, टिकट काउन्टर भवन पनि निर्माण गर्नुपर्ने भएका कारण  समय लागेको उहाँको भनाइ छ ।
 
सुन्धाराको समस्या समाधान 
धरहरा निर्माणको क्रममा सुन्धाराको अस्तित्व मेटिएको भन्दै केही महिनाअघि सम्पदा अभियन्ताहरूले धरहरा पुनर्निर्माणको काम रोकेका थिए । सुन्धारामा अनावश्यक फोहोर पारिएको र सुन्धाराको अस्तित्व नै मेटिएको भन्दै अभियन्ताहरूले विरोध गरेका थिए ।  अहिले यो समस्या समाधान भएर काम सुरु भएको छ ।
सुन्धारालाई पछिको पुस्ताले अवलोकन गर्न सक्ने गरी सङ्ग्रहालयको रूपमा नै विकास गर्ने गरी काठमाडौँ महानगर र स्थानीयहरूसँग छलफल भएको पौडेलको भनाइ छ । 
पुरानो धरहराको लागि बनेन योजना 
२०७२ सालको भूकम्पले भत्काएको धरहराको भग्नावशेषको रूपमा रहेको पुरानो धरहरालाई कसरी संरक्षण गर्ने भन्ने योजना बनी नसकेको उहाँको भनाइ छ । पहिले यो भग्नावशेषलाई सिसाले धेरै संरक्षण गरिने योजना बनाइए पनि अहिलेसम्म यसको टुङ्गो लागेको छैन । धरहरा तीन अर्ब ४८ करोड (भ्याट सहित) जीआइटिसी रमन कन्स्ट्रक्सन केभी कम्पनीले पाएको थियो ।
  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० ११:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।