November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

उपचुनाव : निर्वाचन सामग्री मतदान केन्द्रमा पुर्याइँदै, बारामा तीन दिन सीमानाका बन्द

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:१२
उपचुनाव : निर्वाचन सामग्री मतदान केन्द्रमा पुर्याइँदै, बारामा तीन दिन सीमानाका बन्द

काठमाण्डाै – पर्सि आइतवार हुने उपचुनावका लागि मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याउन थालिएको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपचुनाव हुँदैछ । जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारीसहित, मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन थालेका छन् । त्यस्तै, आवश्यक सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ ।

पर्सि वैशाख १० गते हुने उपचुनावका लागि बारामा आजदेखि तीन दिनसम्म भारतीय सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर आज राति १२ बजेदेखि आइतवार राति १२ बजेसम्म जिल्लासँग जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको हो ।

उपचुनावको सुरक्षालाई ध्यानमा राखेर सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । यस्तै, मतदानको सम्पूर्ण कार्य सम्पन्न नभएसम्म जिल्लाभरि जाँडरक्सीको ओसारपसार, बिक्री–वितरण गर्न तथा खान रोक लगाइएको छ ।

उपचुनाव हुने क्षेत्रमा गएरातिदेखि नै मौन अवधि सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गएको माघ १३ गते दोषी ठहर गरी सांसद पद खारेज गरेपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो ।

तनहुँ–१ मा चुनाव जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र बारा–२ मा जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपचुनाव हुन लागेको हो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्