May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

वनमा डढेलो, निभाउन समस्या

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १५:0१
वनमा डढेलो, निभाउन समस्या

पाल्पा । लामो समयको खडेरीले जिल्लाभरि डढेलो लाग्नेक्रम बढेको छ । पछिल्लो समय सुख्खा खडेरीका कारण डढेलोको घटना बढेको हो । खडेरीले जिल्लाभरिका सामुदायिक, सरकारी तथा निजी वनमा डढेलो लागेको छ । निभाउने प्रयास भए पनि पर्याप्त उपकरणको अभावमा नियन्त्रणमा ल्याउन कठिन रहेको स्थानीय बासिन्दाको भनाइ छ । हावाहुरीसँगै डढेलो पनि तीव्र गतिमा बस्ती भएका क्षेत्रमा पुगेको र निभाउन स्थानीय बासिन्दालाई सकस भएको छ ।

केही दिन यता जिल्लाभरिका वनमा डढेलो लागेको लाग्यै छ तर नियन्त्रण ल्याउन समस्या भइरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । यस पटक विगतको तुलनामा डढेलो अत्यधिक बढेको डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले बताउनुभयो । ‘गत वर्षको तुलनामा यस वर्ष डढेलो अत्यधिक बढेको छ’ उहाँले भन्नुभयो, ‘यस पटक पहिले डढेलो नलाग्ने स्थानमा पनि घटना भएका छन् ।’

जताततै डढेलो लागेपछि बस्ती जोगाउन स्थानीय बासिन्दा र डढेलो नियन्त्रण टोलीलाई अप्ठेरो परेको छ । ‘जताततै डढेलो लागेपछि बस्ती जोगाउन लाग्नुपर्ने अवस्था छ, वन जोगाउनै सकिएको छैन, डिभिजन वन कार्यालयका टास्क फोर्स प्रमुख उपेन्द्र अर्यालले भन्नुभयो ।

डढेलो प्रायः चुरे तथा उच्च पहाडी क्षेत्रमा लागेकाले निभाउन पानीको अभाव भएको उहाँले बताउनुभयो । खोच तथा पहाडका अप्ठेरो स्थानमा निभिसकेको आगो पुनः सल्कने गरेको उहाँले बताउनुभयो ।

तानसेन र तिनाउ गाउँपालिकाका सामुदायिक वनमा सबैभन्दा बढी आगलागी भएको छ । रैनादेवी छहरा, रिव्दीकोटको विभिन्न स्थानमा डढेलो लागेको छ । यस्तै माथागढी, पूर्वखोला, रामपुर, रम्भा, तानसेनमा गरी ६० स्थानमा आगलागीका घटना भएको छ । गत वर्ष आगलागी हुने अवधिमा पाँच स्थानमा मात्र डढेलो लागेको थियो ।

डढेलो नियन्त्रण गर्न आवश्यक उपकरण, दमकल नहुँदा आगलागी नियन्त्रणमा ल्याउन कठिन रहेको स्थानीय डढेलो नियन्त्रण टोलीले जनाएको छ । उपभोक्ताले सोत्तर, स्याउला, दाँतेको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छन् । पछिल्लो समय बाँदर, दुम्सी तथा अन्य वन्यजन्तुको समस्याबाट पीडित बनेका उपभोक्ताले जानाजान आगलागी गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यो वर्ष पहिले डढेलो नलाग्ने स्थानमा पनि डढेलोका घटना भइरहेको प्रहरीले जनाएको छ । वन्यजन्तुको आक्रमणबाट बच्न डढेलोका घटना स्थानीय बासिन्दाबाटै भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले बताउनुभयो । यस पटक धेरै स्थानमा आगलागी भएकाले डढेलो नियन्त्रणमा प्रहरीले अनावश्यक समस्या झेल्नु परेको उहाँले बताउनुभयो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १५:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।