October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गगन थापा : अब उमेदवार छानिन्छ, गुट भत्किन्छ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १६:२८
गगन थापा : अब उमेदवार छानिन्छ, गुट भत्किन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नबदलीयसम्म नेपालको शासन व्यवस्था नबदलिने भन्दै कांगेसलाई बदल्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन उद्घाटनमा महामन्त्री थापाले कांग्रेस रूपान्तरण अनिवार्य भएको बताए । “अहिलेको कांग्रेस नबदली विश्वास फर्किनेवाला छैन । बदल्ने भनेको कांग्रेसलाई ठिक बाटोमा हिँडाउने हो,” थापाले भने, “कांग्रेस १४औँ महाधिवेशन पछि विधानअनुसार चल्न सकेको छैन । वर्तमान नेतृत्वबाट जनतामा आशा फर्कनेवाला छैन ।”

उनले कांग्रेसले सबैभन्दा बढी विश्वास कांग्रेस सबल भएकै ठाउँमा गुमाएको भन्दै विश्वास फर्काउनु चुनौतीपूर्ण भएको बताए । “कांग्रेसले आफू सबल भएका ठाउँमै विश्वास गुमाएको छ । यो समस्या कांग्रेसले समाधान गर्न सकेको छैन, या गर्छ भनेर जनतालाई विश्वास लागिरहेको छैन,” थापाले भने । उनले पार्टीभित्र सामूहिक नेतृत्वको अभ्यास नहुनु, विधान अनुसार नचल्नु, जनताका समस्या समाधानमा ध्यान नदिनु र जनताका अपेक्षा विपरीत चल्नु समस्या भएको बताए ।

“कांग्रेसमा सभापतिको एकल शो चल्यो । पार्टीभित्र सल्लाह भएन विधानको पालना भएन । अहिले प्रचार विभाग बन्यो, काविल साथी आउनुभएको छ, मैले गरेको भए पनि उहाँलाई नै छान्थे,” थापाले भने, “तर, त्यो काम विधानले तोकेको समयमा भएन, एउटा विभाग बन्यो, अरू बनेनन् । सभापतिलाई मन लाग्यो बनाउनुभयो ।” उनले पार्टीभित्र हुने गुट सामान्य भए पनि गुटहरू गिरोह बनेकोमा चिन्ता व्यक्त गरे ।

“गुट हुनु सामान्य कुरा हो । तर, कांग्रेसका गुट गिरोहमा परिणत भएका छन् । यसको अन्त्यका लागि गुट भत्काउनुपर्यो। त्यसका लागि सदस्यता प्रणाली परिवर्तन गर्नुपर्छ,” थापाले भने, “उमेदवार संसदीय समितिले होइन, क्षेत्रभित्रका कांग्रेसका क्रियाशिलले छान्ने व्यवस्था गर्ने हो । अव गुट यसरी अन्त्य हुन्छ ।” उनले देशभरका कांग्रेसलाई समस्याबाट नभाग्न आग्रह गर्दै हाम्रो कांग्रेस हामी बनाउँछौँ, लड्छौ भन्ने संकल्प गर्न आह्वान गरे ।

 

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्