April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

चर्को घाममा मतदाताको बढ्दो उत्साह (फोटो फिचर)

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:४९
चर्को घाममा मतदाताको बढ्दो उत्साह (फोटो फिचर)

चितवन । चितवनमा जारी उपनिर्वाचनमा चर्को घाममा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान कार्य अहिले पनि जारी छ । चर्को घाम लागेर गर्मी भए पनि मतदान स्थलसम्म पैदल हिडेरै मतदाताहरु मतदान गरिरहनुभएको छ । ज्येष्ठनागरिक, महिला, अपाङ्गता भएका, किरियापुत्री सबैको उत्साह देखिएको मुख्य निर्वाचन कार्यालयको सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका १० को नारायणी माध्यमिक विद्यालयस्थलमा मतदान गर्न हिडेको दुर्गा पौडेलले आफ्नो मतको अधिकार प्रयोग गर्न गर्मीके वेवास्ता गरेको बताउनुभयो ।  भरतपुर महानगरपालिका १२ का शोभा पण्डितले संविधानले दिएको अधिकारलाई घामपानीले नछेक्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई जिताउन घामको बेपर्वाह गरेको बताउनुभयो ।

मतदान कार्यमा महिला मतदाताको उत्साह अझ बढी देखिएको छ । खुला सडकमा पैदल, साइकलमा छाता ओढेर मत हाल्न हिडेका छन् । आइतबार चितवनको तापक्रम ३५ डिग्री सेल्सियस रहेको भरतपुर विमानस्थलका प्रमुख दीपक विकले जानकारी दिनुभयो । चितवनमा आज विहानदेखि घाम लागेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहनुभएको छ ।

Author

गोरखाप

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।