May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

तेस्रो पटक विश्वासको मत लिने तयारी

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १0:५९
तेस्रो पटक विश्वासको मत लिने तयारी

सुर्खेत  । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी थाल्नुभएको छ। सरकारलाई दिएको समर्थन नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा आइतबार पत्र दर्ता गर्नुभएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङका अनुसार विश्वासको मत लिने प्रयोजनसम्बन्धी पत्र दर्ता भएको छ। वैशाख १५ गते बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने बताइएको छ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा मुख्यमन्त्री शर्मा नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। उहाँले माघ ६ गते प्रदेश सभाबाट पहिलो पटक विश्वासको मत प्राप्त गर्नुभएको थियो।

मुख्यमन्त्री शर्माले पहिलो पटक विश्वासको मत प्राप्त गर्दा ४० जना प्रदेश सभा सदस्यमध्ये  २५ जनाले विश्वासको मत दिएका थिए तर राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले चैत १७ गते प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिनुभएको थियो।

दोस्रो पटक विश्वासको मत लिँदा शर्मालाई राप्रपाबाहेक नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका  थिए।  दोस्रो पटक ४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा ३९ जना मतदानमा सहभागी भएका थिए।

जसअनुसार मुख्यमन्त्री शर्मालाई विश्वासको मत पक्षमा ३८ जना प्रदेश सभा सदस्यको विश्वासको मत परेको  थियो तर नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले फेरि विश्वासको लिनु परेको हो। केन्द्रमा बनेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहित सात दलको सत्ता गठबन्धन भत्किएसँगै कर्णालीमा पनि सत्ता समीकरण फेरिएको छ।

अहिले तीन मन्त्रालयसहित नेपाली कांग्रेस सरकारमा सहभागी बनेको छ। कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र गरेर एक/एक जना प्रदेश सभा सदस्य रहेका छन्।

परामर्श समिति गठन

कर्णाली प्रदेश सभामा कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख नन्दा गुरुङले कार्यव्यवस्था परामर्श समिति गठन गरेको जानकारी दिनुभयो। समितिमा प्रदेश सभा सदस्य कल्याणी खड्का, सन्तोषी शाही, टेकराज पछाई देवेन्द्रबहादुर शाही, रणसिंह परियार र  हिक्मतबहादुर विष्ट रहनु भएको छ।

कार्यव्यवस्था परामर्श समितिले प्रदेश सभाको बैठकमा पेस हुने विषयहरूको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्नेलगायतका कार्य गर्ने प्रदेश सभा नियमावलीमा व्यवस्था गरिएको छ। कार्यव्यवस्था परामर्श समिति नहुँदा यसअघिसम्म सर्वदलीय बैठकले बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारणलगायतका काम गर्दै आएको थियो।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।