April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० ११:३५
दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

सुर्खेत /

सुर्खेतको वीरेन्द्रनगरमा भएका छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएपछि वीरेन्द्रनगर बजार आज पनि तनावग्रस्त छ।

वीरेन्द्रनगरस्थित मुख्य सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबिस नगरपालिका-६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीको शनिबार मृत्यु भएको थियो। उनी मामाको घरबाट फुपुको घर जाने क्रममा दुर्घटनामा परेका थिए।

यस्तै शुक्रबार वीरेन्द्रनगर नगरपालिका-६ घन्टाघर नजिक रहेको उषा बालवाटिका सेकेन्डरी स्कुलको होस्टलमा ८ वर्षीय बालक सलाम पुलामी मगर मृत भेटिएका थिए। उनी पनि दैलेखकै चामुण्डा विन्द्रासैनी नगरपालिका-१ का हुन्। उनी सोही होस्टलमा बसेर कक्षा २ मा पढ्थे।

यी छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्। आन्दोलन शनिबारदेखि नै सुरू भएको थियो। शनिबार छुट्टाछुट्टै रूपमा आन्दोलन गरेपछि आइतबार बिहानदेखि भने संयुक्त रूपमा आफन्तले आन्दोलन गरिरहेका छन्।

उषा बालवाटिकामा मृत्यु भएका बालकका आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गर्दै आन्दोलन जारी राखेका छन्। मृतक सलामी मगरको शव होस्टलबाट कर्णाली प्रदेश अस्पतालमा लगिएको छ। पोष्टमार्टम भने भएको छैन। होस्टलको बेडरूममा बेल्टले झुन्डिएको अवस्थामा भेटिएको उनको मृत्यु रहस्यमय छ। प्रहरीले पनि यसबारे गहिरो छानबिन गर्नुपर्ने बताएको छ। घटना संवेदनशील देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उता मोटरसाइकलको ठक्करबाट मृत्यु भएका बालकका आफन्तले पीडकलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन्। ठक्कर दिएको मोटरसाइकल र चालक प्रहरीले फेला पार्न सकेको छैन। संयुक्त रूपमा आन्दोलन गरिरहेका बालकका आफन्तहरूले वीरेन्द्रनगरका चोक-चोकमा टायर बालेर नारा लगाइरहेका छन्।

शनिबार उषा बालवाटिकामा बालकका आफन्तले तोडफोडसमेत गरेका थिए। त्यसक्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।