May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

पाँच घर जलेर नष्ट, करोडौंको क्षति

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १२:५२
पाँच घर जलेर नष्ट, करोडौंको क्षति

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्। आइतबार राति करिब १२ बजेतिर अचानक सल्केको आगोले स्थानीय सन्तोष काजी थापा, अम्बिका बुढाथोकी, सिताराम थापा, कौशल थापा, प्रेमकुमारी थापा र राजकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो।

आगलागीबाट करोडौं मूल्यको क्षति भएको छ। आगलागीबाट घरमा भएका सबै सर सामान गररहना, अन्नपात, लत्ता कपडा, भाँडा कुडा, सहित नगद समेत जलेको छ। सन्तोष काजी थापाको मात्र ११ लाख नगद र सात तोला सुनचाँदी जलेको बताए। ’सालाको बिहेको लागि सुन खरिद गर्न आइतबार मात्र जम्मा गरेको ११ लाख नगद नै जल्यो,’ थापाले भने।

छिमेकीको घरमा लागेको आगो नियन्त्रण गर्ने प्रयास गर्दा आफ्नो पनि सर्वस्व गुमेको उनको भनाई छ। कौशल थापाको तिनलाखको सुन, ६० हजार नगद, घरमा भएको सबै सर सामान जलेर नष्ट भएको छ।

प्रेम कुमारी थापाको तीन लाख नगदसहित गरगहनाका साथै घरमा भएका सबै सरसामान जलेको छ। सिताराम थापाको घरभित्र भएका सबै सामान जलेका छन्।

अम्बिका थापाको १ लाख नगद, पाँच तोला सुनसहित अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सबै जलेर नष्ट भएको छ। आगलागीबाट करि दुई करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान गरीएको छ। आगलागि पिडितहरूको नागरिकता, सर्टिफिकेट, लाईसेन्स, लालपुर्जा जस्ता महत्वपूर्ण कागजात समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आइतबार राति अम्बिका थापाको घरबाट आगो सल्केको स्थानीय टलक विक्रम थापा बताउँछन्। घरमा आगो के बाट सल्केको हो भन्ने एकिन नभएपनि बेलुका पुजा गर्न बालेको दियोबाट सल्केको हुन सक्ने अनुमान गरिएको छ। त्यस स्थानमा यस अघि दुई पटक घर आगलागी भइसकेको छ। २०५४ मा आगलागीबाट घरबारबिहिन भएका थापा परिवारमा २५ वर्षपछि उहीँ विपत्ति आईपरेको भन्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले दुःख व्यक्त गरे।

आगलागी पीडितसँगको भेटमा पोखरेलले नगरबाट सक्ने सहयोग उपलब्ध गराउने बताए। घटनास्थलको अवलोकन गर्दै नगरका नि–वर्तमान मेयर खड्गबहादुर खत्रीले समेत पीडित परिवारलाई सान्त्वना दिएका छन्। आगलागीको कारण र यकिन क्षतिबारे प्रहरीले अनुसन्धान थालेको छ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।