April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने 

सरकार २० अर्ब आन्तरिक ऋण उठाउँदै , ८ अर्ब ६० करोड नवीकरण गर्ने

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १४:२४
सरकार २० अर्ब आन्तरिक ऋण उठाउँदै , ८ अर्ब ६० करोड नवीकरण गर्ने

काठमाडौं । नेपाल सरकारले सोमबार ट्रेजरी बिल मार्फत २० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार कुल २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ ।

जसमध्ये राष्ट्र ऋण बोलकबोल तालिका अनुसार २० अर्ब नयाँ ऋण परिचालन हुने र ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

सोमबार २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ५-५ अर्ब गरी १० अर्ब, १८२ दिन अवधिको ट्रेजरी बिल मार्फत ६ अर्ब र ३६४ दिन अवधिको ट्रेजरी बिल मार्फत ४ अर्ब गरी २० अर्ब आन्तरीक ऋण परिचालन गर्न लागिएको हो।

यस्तै २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल र ९१ दिन अवधिको ट्रेजरी बिल मार्फत ३ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुन लागेको हो ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट