April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

बालीनाली सपार्न र रोगब्याधी हटाउन राँगोको बलि

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १६:५१
बालीनाली सपार्न र रोगब्याधी हटाउन राँगोको बलि

सिमकोट  । खेतमा लगाइएको बालीनाली राम्रो होस् र पछिल्लो समय फैलिएको रोगब्याधी हटाउन अदानचुलीको श्रीनगरमा राँगाको बलि दिइएको छ। वर्षभरि फैलिएको रोगब्याधी हटाउन र अन्न उत्पादन होस भन्ने हेतुुले पौराणिक मान्यतासाथ राँगोलाई श्रीनगरका गाउँ घुमाउँदै बलि दिइएको हो।

परम्पराअनुसार माझखाडाबाट सुरु गरी भण्डारी गाउँ, फडेरागाउँ हुँदै रोकाया गाउँ घुमाउदै राँगाको ढाडमा रातोमाटो ढटेलोको झुप्रा हान्दै खेदेर बलि चढाउने स्थानमा बलि दिएको हो।

उक्त बलि दिने ठाउँमा पुर् याउनुअघि भण्डारी गाउँमा रहेको कालेको देवालयमा नाक, कान काटी श्रीनगरका भण्डारी गाउँ, बुढागाउँ, साउबाडा, फडेरा गाउँ, रोकायागाउँ घुमाउँदै बलि दिइन्छ।

बलि दिनुअघि राँगोको ढाडमा हान्ने काँडाको झुप्रा सिङमा बाँध्ने विभिन्न अन्न राखिएको कपाडामा आफ्नो घरमा घुमाई रागोसँगै चौबाटोमा फाल्ने प्रचलन छ। यसले गर्दा गाउँमा फैलिएको रोग भोक तथा अनिष्ट अन्त्य हुने मान्यता रहेको छ।

सबै गाउँबाट जम्मा भएका स्थानीय युवाले हातमा तरवार खुँडाजस्ता हतियार लिएर लाइनमा उक्त राँगाको बलि दिएका हुन्। राँगो हान्ने र काले देवताको पूजाको रुप लिई बलि दिएमा समाजमा रोगदेखि भोकसम्मको कष्ट हरण हुने मष्टो देवताका पुजारीसमेत रहेका अदानचसली २ का सौर्य बुढाले जानकारी दिए।

परापूर्व कालदेखि नै डाँडाको मदानले वर्षा पार्ने र थाम्ने काम खोलाको कालेले सबै कष्ट हट्ने विश्वासका आधारमा राँगाको बलि दिने गरिएको उनले बताए। स्थानीय नागरिकले राँगो खरिदका लागि सबै घरधुरीबाट रकम उठाउने गरिन्छ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १६:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट