July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

आईओएमविरुद्ध स्ववियु आन्दोलित

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १४:१६
आईओएमविरुद्ध स्ववियु आन्दोलित

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) विरुद्ध आन्दोलनमा उत्रिएको छ । विद्यार्थीले उठान गर्दै आएका मागहरूप्रति बेवास्ता गरेको भन्दै नवनिर्वाचित स्ववियु आईओएमविरुद्ध आन्दोलनमा उत्रिएको हो ।

स्ववियुले विभिन्न १४ बुँदे माग अघि सारेको छ । महाराजगन्ज मेडिकल कलेजमा देखिएका विभिन्न समस्या सम्बोधन गर्न माग गर्दै स्ववियुलाई ज्ञापन पत्र बुझाएको हो । तर, क्याम्पस र डीनको कार्यालयले ती मागहरूप्रति बेवास्ता गरेको भन्दै आन्दोलन उत्रिनुपरेको स्ववियु सभापति आनन्द कुमार सिंहले जानकारी दिए ।

उनीहरूले आजदेखि डीनको कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । यसअघि उनीहरूले ताला लगाएका थिए । तर, गए राति प्रहरी प्रशासनलाई बोलाएर ताला तोडिएको थियो ।

माग सम्बोधन गर्दै विद्यार्थीहरूका समस्या समाधान गर्नुको साटो प्रहरी प्रशासनलाई बोलाएर राति ताला तोड्न काम गरेको सिंहले बताए । स्ववियु निर्वाचित भइसकेपछि विद्यार्थीको हक हित र क्याम्पसको समग्र हितका लागि पहल गर्दै आएको उनको भनाई छ ।

क्याम्पस तथा आईओएमको जिम्मेवार निकायमा रहेका व्यक्तिहरूले स्ववियुसँग समन्वय गर्दै विद्यार्थीका समस्या समाधान गर्नुका साटो गैर जिम्मेवार ढङ्गबाट प्रस्तुत हुने गरेको उनको आरोप छ ।

जायज मागहरूलाई नजर अन्दाज गर्दै उल्टै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित पार्दै पठनपाठन अवरुद्ध गर्ने जस्ता कार्य गरिएको उनको भनाई छ ।

आन्दोलनको घोषणा गरेपछि क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले समेत पठन पाठन नै रोकेका छन् । अभिभावकीय भूमिका निभाएर समाधानको बाटो खोज्नु पर्ने निकायहरू नै मुठभेडको दिशा तर्फ अग्रसर भइरहेको उनको आरोप छ ।

स्ववियुले गरेको आन्दोलनमा अनेरास्ववियुले समेत समर्थन गरेको छ ।

2a7f2846-334c-4e9c-8f19-fdefb0be2779

f7d4ef82-edb7-4d50-ab52-fc0be5cf18af

d7ba2dfb-55f7-4b48-9ad6-761c2cf90bed

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्