काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको कल साइन एफजेड ५७६ भएको फ्लाइ दुबईको जहाज इन्जिन फेल भएर आकाशमै आगलागी भएको छ।
उक्त जहाजलाई विमानस्थलमै अवतरण गराउन पाइलटले प्रयास गरिरहेका छन् भने अहिले विमानस्थललाई तयारी अवस्थामा राखिएको छ। उक्त जहाज अहिले बुटवलमाथिको आकाशमा उडिरहेको छ।
पर्यटनमन्त्री सुदन किरातीले जहाजलाई सुरक्षित अवस्थामा गन्तव्यतर्फ पुर्याउने प्रयास भइरहेको बताएका छन्।
उक्त जहाज अवतरणको तयारी भइरहेका काठमाडौँतर्फ आइरहेका सिंगापुर एयरलाइन्स, एयर अरेबियालगायत नेपालगञ्जबाट आइरहेको बुद्ध एयरलाइन्सको जहाजहरु काठमाडौँको आकाशमा होल्ड भएका छन्।