April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

हिमानदीकाे पुल भत्काएर बनाइने

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० ११:३२
हिमानदीकाे पुल भत्काएर बनाइने

कालीकोट । जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाग्म र जुम्ला जिल्लाको तिला गाउँपालिका जोड्ने हिमानदीको पुल भत्काउन थालिएको छ । पक्की पुलको ढलान पछि गत असोजमा आएको बाढीले पुलको बीच भाग चर्किएपछि उक्त पुल भत्काएर पुनर्निर्माण गरिने भएको हो । सम्पन्न हुनै लागेको पुल बीचभागबाट चर्किएका कारण पुनर्निर्माण गर्नका लागि भत्काउन थालिएको छ ।

सूर्य कन्स्ट्रक्सन प्रा.लिले आर्थिक वर्ष २०७५/०७६ मा सम्झौता गरेको पुल निमार्णमा उसै पनि ढिला भइरहेको थियो । तीन वर्षमा सक्नु पर्ने पुल म्याद थप गरेर निर्माण गरिरहेका बेला ढलान चर्किएका कारणले अझै ढिलाइ भइरहेको छ । कमसल निर्माण सामाग्रीको प्रयोगका कारणले पुल निर्माण नसकिँदै चर्किएको भन्दै  विरोध भएपछि निर्माण कम्पनीले पुनर्निर्माण गर्न अहिले पुल भत्काइरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि दीपक खड्काले पुल निर्माणमा कमजाेर सामानभन्दा पनि जोखिम ठाउँका कारणले समस्या आएको बताउनुभयो । हामीलाई घाटा खान रहर होइन, पुलको ढलानपछि बाढीले तल राखेका टेका बगाएका कारणले पुल चर्किएकाले पुनर्निर्माण गर्नुपरेको बताउनुभयो । उहाँले ३६७ घनमिटर ढलान फुटाउनुपरेको र ४० टन सरिया खेर गएकाले आफ्नो सबै गरी तीन करोडको क्षति भएको सुनाउनुभयो ।

सुरुमा स्थानीय राजेन्द्र महताराले आफ्नो कम्पनी प्रयोग गरेर ठेक्का पार्नुभएको हो । उहाँले काम गर्न नसकेका कारणले कम्पनी  कालोसूचीमा नपरोस् भनेर हामीले आफै घाटा खाएर काम सुरु गरेको भए पनि बीचमा विपदले पुलमा क्षति पुगाएका कारणले झन् ढिलाइ भएको बताउनुभयो । अब जसोतसो हामी मापदण्डमा रहेर काम गर्ने र सडक डिभिजन कार्यालयले ठेक्काको सम्झौताको समय थप नगरे पनि हर्जाना तिरेर भए पनि काम सम्पन्न गर्ने निर्माण व्यवसायी खड्काको भनाइ छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट