sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हिमानदीकाे पुल भत्काएर बनाइने

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० ११:३२
हिमानदीकाे पुल भत्काएर बनाइने

कालीकोट । जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाग्म र जुम्ला जिल्लाको तिला गाउँपालिका जोड्ने हिमानदीको पुल भत्काउन थालिएको छ । पक्की पुलको ढलान पछि गत असोजमा आएको बाढीले पुलको बीच भाग चर्किएपछि उक्त पुल भत्काएर पुनर्निर्माण गरिने भएको हो । सम्पन्न हुनै लागेको पुल बीचभागबाट चर्किएका कारण पुनर्निर्माण गर्नका लागि भत्काउन थालिएको छ ।

सूर्य कन्स्ट्रक्सन प्रा.लिले आर्थिक वर्ष २०७५/०७६ मा सम्झौता गरेको पुल निमार्णमा उसै पनि ढिला भइरहेको थियो । तीन वर्षमा सक्नु पर्ने पुल म्याद थप गरेर निर्माण गरिरहेका बेला ढलान चर्किएका कारणले अझै ढिलाइ भइरहेको छ । कमसल निर्माण सामाग्रीको प्रयोगका कारणले पुल निर्माण नसकिँदै चर्किएको भन्दै  विरोध भएपछि निर्माण कम्पनीले पुनर्निर्माण गर्न अहिले पुल भत्काइरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि दीपक खड्काले पुल निर्माणमा कमजाेर सामानभन्दा पनि जोखिम ठाउँका कारणले समस्या आएको बताउनुभयो । हामीलाई घाटा खान रहर होइन, पुलको ढलानपछि बाढीले तल राखेका टेका बगाएका कारणले पुल चर्किएकाले पुनर्निर्माण गर्नुपरेको बताउनुभयो । उहाँले ३६७ घनमिटर ढलान फुटाउनुपरेको र ४० टन सरिया खेर गएकाले आफ्नो सबै गरी तीन करोडको क्षति भएको सुनाउनुभयो ।

सुरुमा स्थानीय राजेन्द्र महताराले आफ्नो कम्पनी प्रयोग गरेर ठेक्का पार्नुभएको हो । उहाँले काम गर्न नसकेका कारणले कम्पनी  कालोसूचीमा नपरोस् भनेर हामीले आफै घाटा खाएर काम सुरु गरेको भए पनि बीचमा विपदले पुलमा क्षति पुगाएका कारणले झन् ढिलाइ भएको बताउनुभयो । अब जसोतसो हामी मापदण्डमा रहेर काम गर्ने र सडक डिभिजन कार्यालयले ठेक्काको सम्झौताको समय थप नगरे पनि हर्जाना तिरेर भए पनि काम सम्पन्न गर्ने निर्माण व्यवसायी खड्काको भनाइ छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid