May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

राजेन्द्र लिङ्देनलाइ रेखा थापाको जवाफ : ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल बोलाए हुन्थ्यो । अमेरिकामा किन राखेको ?’

  • साझा परिवेश
  • आइतवार, माघ १४, २०८० १४:५३
राजेन्द्र लिङ्देनलाइ रेखा थापाको जवाफ :  ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल बोलाए हुन्थ्यो । अमेरिकामा किन राखेको ?’

काठमाडौँ । अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । पहिलो सन्तान जन्माउन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । अमेरिकामा उनले ‘बेबी सावर’ समेत गरेकी छन् । जसको भिडियो तथा तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखालाई अहिले उनकै पार्टीका नेताहरूले कटाक्ष गर्न थालेका छन् । शनिवार एक कार्यक्रममा बोल्ने क्रममा उनी केन्द्रीय सदस्य रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्थाका कारण अहिले एउटी आमा आफ्नो सन्तान नेपालमा जन्मियोस् भन्ने नचाहने गरेको उल्लेख गर्दै घुमाउरो रूपमा रेखाको उदाहरण दिएका थिए ।

त्यस्तै राप्रपाकै केन्द्रीय सदस्य रवीन्द्र मिश्रले मौका पायो भने कसैले छोड्दैन भनेका थिए । सार्वजनिक कार्यक्रममा आफ्नै पार्टीको नेताहरूबाट आफू माथि कटाक्ष भएपछि अभिनेत्री रेखा भड्किएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले देशको माया हुनेले आफ्नो सन्तान अमेरिकामा किन राखेको भनेर प्रश्न समेत गरेकी छन् ।

उनले लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल बोलाए हुन्थ्यो । अमेरिकामा किन राखेको ?’

Nabil bank

  • साझा परिवेश
  • आइतवार, माघ १४, २०८० १४:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।