May 29, 2024 | बुधबार, जेष्ठ १६, २०८१
सुचनाहरु
इनरुवा प्यावसनको आयोजनमा म्याथ ओरिएन्टेसन कार्यक्रम सम्पन्न प्रतिनिधिसभाको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने मोफसलमा सञ्चारगृह अबसर र चुनौती पारित भयो सरकारको मध्यकालीन खर्च संरचना बढ्यो सुनचाँदीको मूल्य ४ बजेकाे संसद बैठकबाट सहकारी प्रकरणकाे छानबिन समितिकाे सहमति पारित हुन्छ: काँग्रेस गृहमन्त्री रवि लामिछानेको घोषणा : महिला ट्राफिकले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने संसद्‌को संयुक्त सदनको बैठक ३ बजेका लागि सर्‍यो आईसीसी टी–२० विश्वकप : वार्म अप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा छ बर्षाको सम्भावना ? आर्थिक वर्ष २०८१–०८२को बजेट आज आउँदै कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई अदालत लगिँदै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ? कैलाश सिराेहियाबारे अभिव्यक्ति दिएकाेमा मह जाेडीले माग्याे माफी नारायणगढ-मुग्लिन सडकमा चारवटा गाडी ठोक्किँदा १ जनाको मृत्यु, २२ घाइते आइपिएलको उपाधी कोलकाता नाइट राइडर्सले जित्यो आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ? संसदको गतिरोध हटाउन एकीकृत समाजवादीले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण नारायणगढ–मुग्लिन सडकमा पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु

नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा डा.महावीर पुनकोे निरन्तरता

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० ११:४२
नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा डा.महावीर पुनकोे निरन्तरता

काठमाडौँ । नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा डा.महावीर पुन पुनः नियुक्त भएका छन् । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरको रुपमा नियुक्त भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.पुनको नियुक्ति पुनः १ वर्ष थप गरिएको हो । वैशाख १२ गते नेपाल बैक लिमिटेड प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी र डा.महावीर पुनले ब्राण्ड एम्बास्डर नवीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा एम्बास्डरमा नियुक्त डा.महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको श्री वृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए ।

यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडर को रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए । हाल नेपाल बैंकको नेपालभर २२८ शाखाहरु, २०३ एटिएम साथै ५२ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट