May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

विनादर्ता सञ्चालनमा छन् औषधि पसल

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १३:३३
विनादर्ता सञ्चालनमा छन् औषधि पसल

म्याग्दी । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरवाङ बजारमा बिनादर्ता औषधि पसल सञ्चालन हुँदा मानव स्वास्थ्य नै जोखिममा परेको छ । पश्चिम क्षेत्रका नागरिकको स्वास्थ्योपचारलाई मध्येनजर गर्दै दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको गेटमै जोडिएको एउटा औषधि पसल छ, जुन पसलको नाम छैन । स्वास्थ्य केन्द्रकै कर्मचारी जङ्गबहादुर पुनले सञ्चालन गरेको सो औषधि पसलले न त औषधि व्यवस्था विभागबाट इजाजत लिएको छ, न मालिका गाउँपालिकामा दर्ता नै भएको छ ।

जङ्गबहादुरजस्तै अन्य सात जनाले पनि विभागीय दर्ता र स्थानीय तहको अनुमतिबिना नै औषधि विक्री वितरण गर्दैआएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दरवाङकै कर्मचरी पुनले आफूले बिनादर्ता औषधि पसल सञ्चालन गरेको बताउनुभयो । “दश वर्षभन्दा बढी समयदेखि चलेका औषधि पसल त दर्ता भएका छैनन्, मैले सञ्चालन गरेको लामो भएको छैन” पुनले भन्नुभयो ।

मालिका गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीका अनुसार गाउँपालिकाको केन्द्र दरवाङ क्षेत्रमा ९ वटा औषधि पसल सञ्चालनमा छन् । एक आयुर्वेदिक र अन्य आठगरी ९ वटा पसलमध्ये दुई वटाले औषधि व्यवस्था विभागमा दर्ता भएको भने पनि उनीहरुले पनि गाउँपालिकामा विभागको दर्ता बुझाएका छैनन् ।

दरवाङ क्षेत्रमा सञ्चालित छ वटा औषधि पसलले कँही कतै कुनै पनि दर्ता नगरेको कार्कीको भनाइ छ । स्वास्थ्य क्षेत्रकै कर्मचारीले औषधि पसल सञ्चालन गरेको भए पनि दर्ता भने गरेका छैन ।

मालिका गाउँपालिकाको कार्यालयसँगै जोडिएर रहेको औषधि पसलको पनि नाम छैन । न त दर्ता प्रमाणपत्र र साइनबोर्ड नै । गाउँपालिकाकै जनस्वास्थ्य निरीक्षक राजेश थापा मगरले सञ्चालन गरेको सो औषधि पसल पनि दर्ता छैन । गाउँपालिकाकै स्वास्थ्य शाखाका कर्मचारीले गाउँपालिकासँगै जोडिएको घरमा चलाएको पसलको समेत न त विभागीय अनुमति छ न त कहीँ कतै दर्ता ।

पसलका सञ्चालक थापाले आफू गाउँपालिकाको कर्मचारी भए पनि बिनादर्ता पसल सञ्चालन गरेको बताउनुभयो । विभागबाट अनुमति लिएको छैन र अरु पनि अनुमतिबिना नै सञ्चालित छन् । गाउँपालिकामा स्वास्थ्य क्षेत्रको नियमन गर्ने फाँटमा आफु भए पनि आफैले अवैध तबरले पसल सञ्चालन गरिरहेको उहाँको स्वीकारोक्ती छ ।

संविधानको धारा ४४ को उपधारा १ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भन्ने उल्लेख छ । उपधारा २ मा गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ उल्लेख छ ।

गोरखापत्र अनलाइन
0

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १३:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।