May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

राष्ट्रपतिलाई के भएको हो, आधिकारिक जानकारी चाहियो : राई

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १४:२४
राष्ट्रपतिलाई के भएको हो, आधिकारिक जानकारी चाहियो : राई

काठमाडौं । राष्ट्रियसभा सदस्य डा विमला पौडेल राईले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे सदनमा जानकारी गराउन सरकारसँग माग गरेकी छिन्।

बुधबारको बैठकमा बोल्दै उनले राष्ट्रपति देशको अभिभावक भएकाले स्वास्थ्य अवस्थाबारे नागरिकले थाहा पाउनुपर्ने बताइन्।

‘हाम्रो राष्ट्रपति १० दिनदेखि भारतमा उपचार गराइरहनुभएको सुनेका छौं । के भएको हो उहाँलाई? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुँदैन थियो? स्वास्थ्यमा सुधार कस्तो छ? यो विषयमा सरकारले जनताका लागि सदनमा जानकारी गराउनुपर्थ्यो। किनभने राष्ट्रपति यो देशको अभिभावक हो ।’ उनले भनिन्, ‘अभिभावक विरामी भएर छिमेकी देशमा उपचार गराइरहनुभएको छ । अर्कोतर्फ वीर अस्पतालमा भीभीआईपी उपचार कक्षमा धुलो लागेको छ । हाम्रा भीभीआइपी धेरैजसो बाहिर उपचार गराउनुहुन्छ । नेपालमा कुन कुन रोगको उपचार हुँदैन । र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने कुरा पनि जानकारी गराउन म सरकारको ध्यानाकर्षण गराउँछु।’

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।