May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

४६३ जनाले लिए सगरमाथा चढ्न अनुमति, उठ्यो ६५ करोड रोयल्टी

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १२:४४
४६३ जनाले लिए सगरमाथा चढ्न अनुमति, उठ्यो ६५ करोड रोयल्टी

काठमाडौं : सरकारले हिमाल आरोहणबाट हालसम्म ७३ करोड ५४ लाख ६० हजार ९ सय ३ रुपैयाँ जम्मा गरेको छ। नेपाल पर्यटन बोर्डका निर्देशक युवराज खतिवडाका अनुसार बुधबार अपरान्हसम्म यो रोयल्टी जम्मा भएको हो।

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस सिजनमा सबैभन्दा धेरै आरोहीलाई अनुमति प्रदान गरिएको छ। अर्को साता सुरु हुने वसन्तकालीन आरोहणका लागि सगरमाथामा मानव पाइला टेकिएको ७० वर्षे इतिहासमै यो सबैभन्दा ठूलो संख्या हो। निर्देशक खतिवडाका अनुसार अझै एक साता अनुमति दिइने भएकाले संख्या अझै बढ्न सक्नेछ।

सगरमाथाको वसन्तकालीन आरोहणका लागि ३ सय ६७ पुरुष र ९६ महिलाले अनुमति लिइसकेका छन्। यस पटक सबैभन्दा बढी ९६ चिनियाँ नागरिकले अनुमति लिएका छन्। दोस्रोमा अमेरिकी छन्। ८७ जना अमेरिकीले सगरमाथा आरोहणको अनुमति लिएका हुन्।

एक पटक जारी भएको आरोहण अनुमति ७५ दिनसम्म कायम रहन्छ। अनुमति लिएकामध्ये ७० प्रतिशत आरोही आधार शिविर पुगिसकेको खतिवडाले बताए। आरोहीका चापका कारण सोलुखुम्बुको नाम्चेमा होटल भरिभराउ रहेको होटल सञ्चालक छिमिकाल्देन शेर्पाले जानकारी दिए।

यस पटक सगरमाथा जाने आरोहीबाट ६५ करोड ३ लाख ६७ हजार २ सय १९ रुपैयाँ रोयल्टी रकम संकलन भइसकेको छ। रोयल्टी पनि ७० वर्षे इतिहासकै सबैभन्दा बढी भएको निर्देशक खतिवडाले जानकारी दिए।

६ हजार मिटर उचाइमाथिका नेपालका २४ वटा हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिइसकेका छन्। यीमध्ये ८ सय ७ पुरुष र २ सय ३९ महिला छन्।

 

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १२:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।