sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आगलागीका घाइतेको उपचारका लागि कोशीमा ‘वर्न हस्पिटल’ निर्माण गरिने

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १३:१४
आगलागीका घाइतेको उपचारका लागि कोशीमा ‘वर्न हस्पिटल’ निर्माण गरिने

कोशीका मुख्यमन्त्री केदार कार्कीले संसदमा शनिबार पेश गरेको बजेट प्रतिस्थापन विधेयकमा प्रदेशमा जलन अस्पताल (वर्न हस्पिटल) निर्माण गर्ने योजना समावेश गरेका छन् । उनले पहिलो पटक विधेयकमा प्रदेश स्तरीय वर्न हस्पिटल निर्माण गर्ने योजना समावेश गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले यसअघिको बजेट छर्ने परिपाटीलाई अन्त्य गर्ने भन्दै नयाँ आयोजनाहरु २५ लाख भन्दा माथिको मात्रै राखेका हुन् ।

केहि दिन अघि उर्लाबारीमा भएको आगलागीका घाइतेहरुलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको र त्यहाँ उपचार नहुने भएपछि बिरीमीहरुलाई रेफर गराउन मुख्यमन्त्री कार्कीले ठुलै कसरत गर्नु परेको थियो । पछि ती घाइतेहरुलाई काठमाण्डौ पठाइएको थियो भने तीन जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

विधेयकमा १० वर्ष मुनिका बालबालिकाको उपचारमा लागि निशुल्क विशेषज्ञ चिकित्सक सेवा प्रदान गर्ने योजना समावेश गरेका छन् । निजी क्षेत्रसँगको सहकार्यमा निजी डेरीमा रहेको घिउ र पाउडर दूध निर्यातमा अनुदान दिने योजना समावेश छ ।

वातावरण संरक्षणका लागि तुइन मैत्री प्रदेश हाम्रो अभियान भन्ने नाराका साथ प्रदेशका पहाडी र हिमाली क्षेत्रको भौगोलिक कठिनाईलाई सम्बोधन गर्न बैकल्पिक यातायातको रुपमा स्वचालित तुइन निर्माण गर्ने योजना पनि समावेश गरेका छन् । संघीय सरकारले भने तुइन विस्थापन गर्ने योजना अनुसार काम गरिररहेको छ ।

कृषि र पशु विज्ञान पढ्न चाहने प्रत्येक पालिकाका १–१ जना विद्यार्थीलाई डिप्लोमा तहमा छात्रवृत्ति दिने, सहकारी संस्थाको नियमित अनुगमन र छानबिनका लागि विज्ञहरूको समिति बनाउने, युवा तथा महिला उद्यमी लक्षित तालिमको लागि बजेट व्यवस्थापन गर्ने, हात्तीको संरक्षण र व्यवस्थापनका लागि हात्तीमैत्री जङ्गल र करिडोर निर्माण गर्ने विषय प्राथमिकतामा छन् ।

त्यस्तै पर्यटक प्रहरी परिचालन गर्ने, प्रदेशमा रहेका थप पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने, जनावरमैत्री वन बनाउन फलफूलका बिरुवा रोप्ने, धरानमा तमोरको पानी अढाई किलोमिटर सुरुङ खनेर ल्याउन अध्ययन गर्ने, सामुदायिक विद्यालयका आधारभूत तहका विद्यार्थीका लागि बालमैत्री नमुना कक्षा सञ्चालन गर्ने, राष्ट्रिय विभूति फाल्गुनन्द भाषा संस्कृति अध्ययन प्रतिष्ठानको स्थापना गर्ने पनि बजेटमा उल्लेख छ ।

विराटनगरमा रहेको संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको रुपमा सञ्चालन गर्ने, स्वास्थ्य स्वयंसेविका महिलाहरूका लागि अतिरिक्त प्रोत्साहन भत्ता दिने, सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको स्वास्थ्य बिमाको कार्यक्रम लागू गर्ने, अस्पतालमा दोभासेको व्यवस्थापन गर्ने, भूमिहीन तथा सुकुमबासीले घडेरी खरिद गर्न लिएको ऋणको ब्याज मिनाहा गर्ने विषय पनि बजेटको प्राथमिकता छन् ।

विधेयक पेश गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका ५६ वटै क्षेत्रलाई सम्बोधन गर्नेगरी प्रतिस्थापन विधेयक ल्याएको बताए । ‘यो बजेटमा प्रदेश सांसदहरुको छाती चौडा हुने र सङ्घीय सांसद र सङ्घीय मन्त्रीहरूलाई जवाफ दिनेगरी पाइला चालेका छौँ’, उनले भने, ‘परिस्थितिलाई मध्यनजर गर्दै १०–१५ प्रतिशत बजेट चलाएर जनताको मागलाई सम्बोधन गर्ने प्रयास गरेका छौँ ।’

अध्यादेशबाट आएको बजेटलाई समानुपातिक र प्रत्यक्ष सबै सांसदले महसुस गर्न सक्ने बताउँदै उनले भने, ‘ ५६ वटै क्षेत्रलाई अन्याय नहुने गरी प्रतिस्थापनमार्फत प्रयास गरेका छौँ ।’

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १३:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid