May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

मिक्लाजुङ घटना : केटासँग बोलेको निहुँमा विद्यालय परिसरमै निर्घात कुटपिट

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:0१
मिक्लाजुङ घटना : केटासँग बोलेको निहुँमा विद्यालय परिसरमै निर्घात कुटपिट

विराटनगर । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटक व्यक्तिगत होस् या संस्थागत गतिविधि सार्वजनिक गर्ने राम्रो ‘प्लेट्फम’ बनेको छ । यहाँ सम्प्रेषण भएका केही सामाग्री प्रेणदायी हुन्छन् त केही समाजलाई तरंगित बनाउने खाल्का हुन्छन् ।

यस्तै केही दिन अगाडी सामाजिक सञ्जालमा विद्यालयमा केही विद्यार्थीहरु एकआपसमा झगडा गरेको भिडियो सार्वजनिक भयो । एकधुर छात्राले एक्ली बालिकालाई कुटपिट गरेको दृष्य देख्न सकिन्थ्यो ।
घटना मोरङको मिक्लाजुङ गाउँपालिका ३ स्थिति कालिका माविको हो । वैशाख ६ गते भएको घटनामा कक्षा ८ मा पढ्ने १४ वर्षिया निता (नाम परिवर्तन) सोही स्कुलमा अध्ययनरत सिनियर छात्राले होनेकी थिइन् ।

के थियो झगडाको कारण ?

झगडाको कारण थियो पिडित निता कुनै किशोरसँग बोलको । किशोरसँग किन बोलको ? भन्दै झापड हानेकी थिइन् ती किशोरीले नितालाई, एक्कासी पिटाई खाँदा जवाफविहिन बनिन् ।
जवाफमा उनले भनेकी थिइन्, ‘म हैन उ आफैँ बोलेको ।’उनी माथि आइलाग्ने ती एक्ली किश्वोरी मात्रै थिइनन्, उनीसँग १३ जनाको समूह थियो । त्यही समुहले जथाभावि गालिगलौससँगै शारिरिक पिडा पनि दिएका थिए ।
त्यसो त पीडित बालिकालाई मात्र नभएर बालिकाको आमालाई समेत त्यो समूहले अनेक विषयको लान्छना लगाए थिए । त्यो आक्रमक भिडमा उनी जवाफ विहिन भइन् । न प्रतिकार गर्न सकिन, न कुनै जवाफ नै फर्काउन सिकने ।

भिडियो सार्वजनिक भएपछि उजुरी

कुट्न थालेको भिडियो त्यही मध्येको एक किशोरीले खिचेकी थिइन् भने त्यही समूहबाट भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
छोरी माथि सामूहिकरुपमा आक्रमण भएपछि नितकी आमाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ‘ज्यान मार्ने उद्योग’ को जाहेरी दिएकी थिइन् ।
जाहेरीपछि प्रहरीले पीडित बालिकालाई कुटपिट गर्ने १३ जनालाई वैशाख ११ गते नियन्त्रणमा लिएको छ । घाइते बालिकाको झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षणमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कक्षा ८ देखि कक्षा १० सम्ममा किशोरीहरू रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सोमबार जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

श्रोत : आवर बिराटनगर डट नेट

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।