sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मिक्लाजुङ घटना : केटासँग बोलेको निहुँमा विद्यालय परिसरमै निर्घात कुटपिट

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:0१
मिक्लाजुङ घटना : केटासँग बोलेको निहुँमा विद्यालय परिसरमै निर्घात कुटपिट

विराटनगर । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटक व्यक्तिगत होस् या संस्थागत गतिविधि सार्वजनिक गर्ने राम्रो ‘प्लेट्फम’ बनेको छ । यहाँ सम्प्रेषण भएका केही सामाग्री प्रेणदायी हुन्छन् त केही समाजलाई तरंगित बनाउने खाल्का हुन्छन् ।

यस्तै केही दिन अगाडी सामाजिक सञ्जालमा विद्यालयमा केही विद्यार्थीहरु एकआपसमा झगडा गरेको भिडियो सार्वजनिक भयो । एकधुर छात्राले एक्ली बालिकालाई कुटपिट गरेको दृष्य देख्न सकिन्थ्यो ।
घटना मोरङको मिक्लाजुङ गाउँपालिका ३ स्थिति कालिका माविको हो । वैशाख ६ गते भएको घटनामा कक्षा ८ मा पढ्ने १४ वर्षिया निता (नाम परिवर्तन) सोही स्कुलमा अध्ययनरत सिनियर छात्राले होनेकी थिइन् ।

के थियो झगडाको कारण ?

झगडाको कारण थियो पिडित निता कुनै किशोरसँग बोलको । किशोरसँग किन बोलको ? भन्दै झापड हानेकी थिइन् ती किशोरीले नितालाई, एक्कासी पिटाई खाँदा जवाफविहिन बनिन् ।
जवाफमा उनले भनेकी थिइन्, ‘म हैन उ आफैँ बोलेको ।’उनी माथि आइलाग्ने ती एक्ली किश्वोरी मात्रै थिइनन्, उनीसँग १३ जनाको समूह थियो । त्यही समुहले जथाभावि गालिगलौससँगै शारिरिक पिडा पनि दिएका थिए ।
त्यसो त पीडित बालिकालाई मात्र नभएर बालिकाको आमालाई समेत त्यो समूहले अनेक विषयको लान्छना लगाए थिए । त्यो आक्रमक भिडमा उनी जवाफ विहिन भइन् । न प्रतिकार गर्न सकिन, न कुनै जवाफ नै फर्काउन सिकने ।

भिडियो सार्वजनिक भएपछि उजुरी

कुट्न थालेको भिडियो त्यही मध्येको एक किशोरीले खिचेकी थिइन् भने त्यही समूहबाट भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
छोरी माथि सामूहिकरुपमा आक्रमण भएपछि नितकी आमाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ‘ज्यान मार्ने उद्योग’ को जाहेरी दिएकी थिइन् ।
जाहेरीपछि प्रहरीले पीडित बालिकालाई कुटपिट गर्ने १३ जनालाई वैशाख ११ गते नियन्त्रणमा लिएको छ । घाइते बालिकाको झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षणमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कक्षा ८ देखि कक्षा १० सम्ममा किशोरीहरू रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सोमबार जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

श्रोत : आवर बिराटनगर डट नेट

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid