sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मन्त्रिपरिषद्लाई पूर्णता दिन कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुर्दै प्रधानमन्त्री

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:३५
मन्त्रिपरिषद्लाई पूर्णता दिन कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुर्दै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुरिरहेका छन् । वैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले मन्त्री बन्नेको लिष्ट बुझाउने बचन दिएको थियो ।
उपनिर्वाचन भएको चार दिन हुँदा समेत कांग्रेसले मन्त्री बन्नेको लिष्ट प्रधानमन्त्रीलाई बुझाएको छैन । कांग्रेसभित्रको आन्तरिक झगडाले मन्त्री बन्नेको लिष्ट नबुझाएको हुन सक्ने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।

‘प्रधानमन्त्रीज्यूले कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुरेर बस्नुभएको छ । कांग्रेसबाट पाँच जना मन्त्रीले शपथ लिइसक्नुभएको छ । अब २ मन्त्री कांग्रेसबाट बन्ने पालो छ । एक जसपा र एक स्वतन्त्र सांसदबाट मन्त्री बनाउने भनिएको छ’ ती
सचिवालय सदस्यले भने, ‘कांग्रेसबाट जति छिटो मन्त्री बन्नेको लिष्ट आउँछ । त्यति नै छिटो प्रधानमन्त्रीले शपथ गराउनुहुन्छ ।’ कांग्रेसमा शेरबहादुर देउवा पक्षबाट मन्त्री भइसकेका छन् भने शेखर कोइराला र गगन थापा पक्षबाट मन्त्री
बन्नेको लिष्ट नबुझाउँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड कांग्रेसले मन्त्री बन्नेहरुको लिष्ट बुझाए लगतै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा रहेको ती सचिवालय सदस्यले बताए ।

जनमत पार्टीबाट अब्दुल खानले खानेपानी मन्त्रीबाट राजीनामा दिएपछि प्रभु साह वा अमरेशकुमार सिंहमध्ये एक जनालाई मन्त्री बनाउने तयारी गरिएको छ । वन तथा वातावरण मन्त्रालय भने जसपाले लिने यसअघि नै सहमति भइसकेको छ ।
जसपाबाट उपेन्द्र यादव जाने वा अरू नेतालाई पठाउने भन्ने विषयमा सम्बन्धित पार्टीले निर्णय गर्ने भएको छ । कांग्रेसले मन्त्री बन्नेको लिष्ट नदिँदा प्रचण्डले चार मन्त्रालय आफैसँग राखेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिए लगत्तै सरकारलाई
गति दिने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid