December 8, 2025 | सोमवार, मंसिर २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रविप्रतिको आकर्षणलाई बाबुराम भन्छन्ः ज्वालामुखी विस्फोटको संकेत हो

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:३८
रविप्रतिको आकर्षणलाई बाबुराम भन्छन्ः ज्वालामुखी विस्फोटको संकेत हो

पोखरा – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलता र जनताको आकर्षणलाई ज्वालामुखी विस्फोटको संकेत भएको बताएका छन्।
पुराना राजनीतिक दलले गम्भीरपूर्वक लिएर सच्चिनुपर्ने उनको भनाइ छ।

पोखरामा राज्यद्वारा बेपत्ता पारिएका योद्धा पूर्ण पौडेल स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रममा भट्टराईले भने, ‘बिदेसिएको युवाहरूको असन्तुष्टिस्वरुप अहिले यस्तो खालको ब्याकल्यास पैदा भइराखोको छ।
बेलैमा ठीक समाधान गर्न सकिएन भने हामी सबै रुपान्तरित भएर जिम्मेवारीबोधको वहन गरेर जनताको यी असन्तुष्टिलाई युवाहरूको असन्तुष्टिलाई सम्बोधन गर्न सकेनौं भने देश एउटा डर लाग्दो द्वन्द्वतर्फ जान सक्छ।’

पूराना राजनीतिक दलसँग पैदा भएको असन्तुष्टिलाई गम्भीरपूर्वक लिनुपर्नेमा उनको जोड छ। ‘यो केही पनि होइन भनेर टाल्ने प्रयत्न गर्नु हुँदैन। यो गम्भीर प्रकारको ज्वालामुखी विष्फोटको संकेत हो’, उनको भनाइ छ।
बेलामै सच्चिएर जनताको आकांक्षा पूरा गर्न लाग्नुपर्ने पुराना दललाई डा. भट्टराईको सुझाव छ।

उनले राजनीतिक क्रान्तिबिना आर्थिक र सामाजिक क्रान्ति सम्भव नहुने दाबी गरे। नयाँ पुस्तामा क्रान्ति गर्नु अपराध थियो भनेर भ्रम फैलाइएकोमा डा. भट्टराईको असन्तुष्टि छ। ‘क्रान्तिकारीले अपराध गरेको हुनाले देश
विकसित भएन भनेर क्रान्तिकारीलाई सराप्ने। हत्यारा आतंककारी दलाल भनेर बद्नाम गरिने जुन प्रवत्ति छ, त्यो सही होइन’, उनले भने।

गलत सुचित गरेर असन्तुष्टि फैलाउँदा हित नगर्ने उनले बताए। इतिहासको सम्मान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता लक्षित उनको सुझाव छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट