May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

आज पेरिसडाँडा शोकमा

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० १३:0८
आज पेरिसडाँडा शोकमा
  • नेता-कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गदै 
  • छोरीहरु रेणु, गंगा, बुहारी बेलाबेला भक्कानिँदै र आफैं सम्हालिदै
  • माओवादीका अध्यक्ष मोहन वैद्य किरण पनि श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पुगे

काठमाडौं ।।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि नेता-कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण पनि श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पुगेका छन् । छोरीहरु रेणु, गंगा, बुहारी विनालगायत भावविह्वल देखिन्छन् । उनीहरु बेलाबेला भक्कानिँदै र आफैं सम्हालिदै गरेको देखिन्छ ।

सीताको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र आजै आर्यघाटमा अन्त्येष्टि गर्ने माओवादी केन्द्रले जनाएको छ । सीताको ६९ वर्षको उमेरमा आज बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु नर्भिक अस्पतालमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै पत्नी शोकमा रहेका प्रचण्डसहितका परिवारजनप्रति समवेदना प्रकट गरेका थिए ।

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।