April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

सरकारले सामाजिक सुरक्षाभत्ता कटौती हैन व्यवस्थित गर्न लागेको हो : मन्त्री शर्मा

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १६:0५
सरकारले सामाजिक सुरक्षाभत्ता कटौती हैन व्यवस्थित गर्न लागेको हो  : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामाजिक सुरक्षाभत्ता कटौती नभई व्यवस्थित गर्न लागेको बताएकी छिन् ।
दाङको बंगलाचुुली गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका खेलकुद कपको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको खस्किँदो आर्थिक स्तर जोगाउन सरकारले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्न लागेको बताइन् ।

उनले वर्तमानका सरकारका हरेक कामलाई नकारात्मक तरिकाले भ्रम फैलाउँदै आइरहेको टिप्पणी गरिन् । सरकारले एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले दिँदै आइरहेको सेवा सुविधा कटौती नभई विशेष र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको उनले भनाइ छ ।

उनले भनिन्,‘वर्तमान सरकारले वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूको समेत सामाजिक सुरक्षा र जोखिम भत्ताको व्यवस्थापन गरेको छ । बृद्धबृद्धा, एकल महिला, शारीरिक अशक्ताहरुको सेवा वृद्धि गर्नुपर्नेमा कटौती कहाँ गर्छ ?’

मन्त्री शर्माले सरकारले हरेक क्षेत्रको विकासका लागि योजनासहित अघि बढेको बताइन् । उनले शिक्षा क्षेत्रको विकासका लागि समयमै पाठ्यपुस्तक वितरण गरेको समेत दाबी गरिन् । उनले खेल क्षेत्रको विकासका लागि सरकार गम्भीरताका साथ लागेको बताइन् । गाउँपालिका स्तरीय खेलकुद कप २ दिनसम्म चल्ने छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।