May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

सरकारबाट एमालेलाई हटाइएपछि सामाजिक सुरक्षामा अवरोध : ओली

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १२:0९
सरकारबाट एमालेलाई हटाइएपछि सामाजिक सुरक्षामा अवरोध : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारबाट हटाइएपछि सामाजिक सुरक्षातर्फको पाइलामा अवरोध पुगेको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले आर्थिक विकास र सुनिश्चित श्रमजीवन निर्माणको यात्रा रोकिएको उल्लेख गरेका छन् ।

“नेकपा (एमाले)लाई सरकारबाट हटाइएपछि सम्मानित, सुरक्षित श्रमजीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फका पाइलामा अवरोध पुग्यो । सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रमजीवन निर्माणको यात्रा अवरुद्ध हुन पुग्यो,”

ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर मात्र हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सक्छौँ र रोकिएका समृद्धिका हाम्रा पाइलाहरुलाई अघि बढाउन सक्छौँ । नेकपा (एमाले) को यस अभियानमा सबैको साथ र ऐक्यबद्धता रहनेछ भन्ने मेरो विश्वास छ ।”

ओलीले आफ्नो पार्टीको अगुवाइमा श्रमिकको अधिकार संविधानमा सुनिश्चित भएको जिकिर गरेका छन् ।

  • साझा परिवेश
  • -