May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १३:३४
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु

मथुरा । राधा जन्मोत्सवमा राधारानी दर्शन गर्न पुगेका दुई भक्तको मृत्यु भएको छ । बरसानामा भएको सो दुर्घटनापछि त्रास छाएको छ । सीएम योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

शनिबार बिहान राधारानी मन्दिरमा अभिषेक गर्ने क्रममा दुई भक्तको मृत्यु भएको हो । प्राप्त जानकारी अनुसार सुदामा चोकको सिँढी नजिक भीडको दबाबले निसास्सिएर ७० वर्षीय भक्तको मृत्यु भएको हो भने प्रयागराज निवासी ६० वर्षीय भक्त राजमणि राधारानीको दर्शन गर्न परिवारसहित बरसाना पुगेको बेला उनको मृत्यु भएको हो । बिहान दर्शन गर्न जाँदै गर्दा अचानक उनको स्वास्थ्य बिग्रिएको थियो ।

तर, डाक्टरले उपचार गर्नुअघि नै उनको मृत्यु भएको जनाए । राजमणिकी बहिनी शोभाले उनी मधुमेहबाट पीडित रहेको बताइन् । धर्मशालाबाट डाक्टर कहाँ लैजाँदै गर्दा बाटोमै राजमणिको ज्यान गयो ।

सीएससी इन्चार्ज मनोजले भने कि, ुभक्तलाई अस्पताल ल्याइएको थियो, उनको पहिले नै मृत्यु भइसकेको थियो।ु एक कटारा पार्क र अर्को धर्मशालामा रहेका दुबैको शव मथुरा पठाइएको छ ।

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।