May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

‘हामी गर्जियौं भने स्यालहरु लखेटिन सक्छन् ।’ : प्रचण्ड

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १६:४६
‘हामी गर्जियौं भने स्यालहरु लखेटिन सक्छन् ।’ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका हरेक सकारात्मक काममा प्रहार भइरहेको बताएका छन् । बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहुइँया मच्चाउन खोजिएको भन्दै यसलाई छुट दिन नसकिने बताए ।

माओवादीसम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले परिर्वतनका उपलब्धीहरुलाई नकारात्मक रुपमा प्रचार गर्ने काम भइरहेको टिप्पणी गरे ।

शहीदहरुलाई शहीदका रुपमा सम्मान गरिनुपर्छ भन्दा प्रहार भएको र अयोग्य लडाकूहरुलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्याल हुइँया मच्चाउन खोजिएको उनले बताए । उनले भने, ‘मैले आफ्नै आविष्कारबाट निर्णय गरेको होइन, अर्कै सरकारले निर्णय गरेको एउटा परिस्थितिमा सर्वोच्च अदालतले बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिनू भनेपछि त्यही फैसला कार्यान्वयन गर्न खोज्दा स्यालहुइँया मच्चाउन खोजिएको छ ।’

नकारात्मक वातावरण बनाएर सम्पूर्ण त्यागलाई अपमानित गर्ने र उल्ट्याउने षड्यन्त्र अझ अगाडि जानसक्ने उनले बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नजाग्दा, हामी नगर्जिँदा स्यालहरु कराउन थालेका छन्, स्यालहरुले रजाइँ गर्ने जस्तो गर्न थालेका छन् । त्यसलाई छुट दिन सकिंदैन ।’

आफ्नो कतै कमजोरी भएर आत्मसमीक्षा गरेर करेक्सन गर्नुपर्ने भएपनि जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त राजनीतिक उपलब्धीमाथि नै हुने प्रहार स्वीकार्य नहुने प्रचण्डले बताए । उनले अगाडि भने, ‘मैले जनयुद्ध भनिरहेको छैन, भूमिगत जाने कुरा गरिरहेको छैन । हामी सडकबाट गर्जियौं भने मात्र पनि स्यालहरु लखेटिन सक्छन् ।’

अब छिट्टै पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भन्दै उनले परिर्वतन उल्ट्याउन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने बताए । ‘जरुरी पर्छ भने फेरि एकचोटी त्याग र संघर्षको कीर्तिमान बनाउन तत्पर छौं, तर यो स्यालहुइँया सहन तत्पर छैनौं भन्ने घोषणा गर्नुपर्नेछ’, उनले भने ।

प्रधानमन्त्री भएपछि आफूले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेको प्रधानमन्त्री प्रचण्डले बताए । श्रमिकहरुको हक अधिकारका लागि काम गरेको र सामाजिक सुरक्षा कोषबारे ऐतिहासिक निर्णय गरेको उनले दाबी गरे ।

गाउँगाउँमा पुस्तक पुर्याएको भए पनि कसैले यसबारे नबोलेको, बरु सबभन्दा भ्रष्टहरुले नै भ्रष्टाचार विरुद्ध बोलेको देख्दा अचम्म लाग्ने गरेको उनले बताए । सरकारले भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि ‘समान्तका छाउरा’हरु बाहिर आएको भन्दै उनले अगाडि भने, ‘अझ पूर्वबाट रे । मैले फागुन १ गते जनयुद्ध दिवसका दिन बिदा दिएर त्यसको जवाफ दिएँ ।’

उनले चुनावी घोषणाअनुसार भ्रष्टाचारको छानबिनका लागि आयोग बनाउने समेत बताए । ‘हामीले निर्वाचन घोषणापत्रमा एउटा आयोग बनाएर ०४८ यताका सबै भ्रष्टहरुको छानबिन गर्ने भनेका छौं । छिट्टै त्यो आयोग बनाउने मेरो पहल हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १६:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।